सोलिडारिटी कपको उपाधि जित्दै नेपालले रच्यो इतिहास

नेपालले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मलेसियाको कुचिङस्थित सरावक रङ्गशालामा भर्खरै सम्पन्न फाइनल खेलमा नेपालले मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।

नेपालका लागि सुजल श्रेष्ठले ३०औँ मिनेटमा गोल गरे । उनले भरत खवासले मिलाइदिएको पासलाई सदुपयोग गर्दै हेडमार्फत गोल गरेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही सुन्दर मौका गुमाएका थिए । नेपालले सुरुवातदेखि नै आक्रामक खेल खेलेको थियो तर थप गोल भने गर्न सकेन । त्यस्तै मकाउले पनि बराबरी गर्ने केही मौका गुमाएको थियो ।

nepal-championsयोसँगै नेपालले एक वर्षमा लगातार तीन उपाधि जितेको छ । गत वर्ष माघमा बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप जितेको नेपाल त्यतिमा सीमित भएन । त्यसको एक महिनापछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा पनि नेपालले नै जित्यो । तर ती दुवै प्रतियोगिता विश्व फुटबल महासङ्घ (फिफा)ले मान्यता दिएको सिनियर स्तरको फुटबल थिएन । बङ्गबन्धु कपको फाइनलमा नेपालले बहराइनको २३ वर्षमुनि (यु–२३) को टोलीलाई हराएको थियो ।

त्यस्तै साग फुटबलमा तीनजनाबाहेक अरू यु–२३ का खेलाडीले खेल्ने प्रावधान छ । तर आज जितेको सोलिडारिटी कप फिफाको आधिकारिक प्रतियोगिताको उपाधि हो । यो प्रतियोगिता यसै वर्षदेखि सुरु भएको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *