थारू संस्कृति जोगाउँदै कपिलवस्तुका थारु समुदाय

कमल चौधरी/कपिलबस्तु

कपिलबस्तुका थारु समुदायहरु बेलको काँडमा ढिकारी उनेर दशैं मनाएका छन् । उनीहरुले सदाको बर्षझै यस बर्ष पनि दशैैंमा आफ्नै संस्कृतिमा रमाउदै दशैं मनाएका हुन् । ‘जे सिक्यौं त्यही आफ्ना सन्ततीहरुलाई सिकाउँदै आएका छौं,’ कपिलबस्तु वाणगंगा नगरपालिका–१५ की जुुगारी थारुले बताए ।

५९ वर्षीय थारुले हाम्रा पुर्खाहरुले हामीलाई यसरी नै कुल देवतालाई पुजा गर्दा छाँकी बुनी ( रक्सी), ढिकारी चढाएर पूजा गर्नुपर्ने सिकाएको हुँदा आज हामीले पनि उहाँहरुको सिको गर्दै आएको उनको भनाइ छ । पछिल्लो समयमा थारु समुदायले परम्परागत रुपमा मनाउँदै आएका यी र यस्ता समाजिक तथा संस्कृतिक रीतिरिवाज, पराम्पराहरु लोप हुँदै गएको अवस्थामा कपिलबस्तु वाणगंगाका –१५ का थारु समुदाय भने संरक्षणमा जुटेका छन् । उनीहरुले आफ्नो भाषा संस्कृतिलाई संरक्षण गर्नुपर्ने भन्दै पूजाआजा तथा समाजिक कार्यमा समेत सक्रिय हुँदै आएको पाइन्छ ।

kapilbastu-tharu-culture-02

वडघर बाबुराम थारुले भने– ‘हामीले हाम्रो पहिचानलाई जोगाउनुपर्छ । हाम्रो भेषभुषा, धर्म, संस्कृति नै हाम्रो पहिचान हो । हाम्रो पहिचान मेटिनु भनेको थारु समुदायको अस्तित्व समाप्त हुनु हो ।’ उनले पछिल्लो समयमा आदिवासी जनजाति अन्दोलन, थारुहट÷थारुवान अन्दोलनबाट आफूहरु अझै थारु समुदाय एकजुट हुन पाठ सिकेको बताउँदै उनले भाषा संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए ।

त्यस्तै थारु कल्याणकारीणी सभाका केन्द्रीय सदस्य भेजराज थारुले थारु समुदायको भाषा संस्कृति संरक्षण र विकासका लागि सबैको सहयोग र सहकार्य हुनुपर्ने बताए । उनले थारु समुदायको उत्थान र विकासको लागि थारु कल्याणकारीणीले सक्दो सहायोग गर्ने बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *