घुस लिँदालिँदै गाविस सचिव चौधरी पक्राउ

महोत्तरीको बथनाह गाविसमा कार्यरत गाविस सचिव नायव सुब्बा गुलाब चौधरी घुस सहित पक्राउ परेका छन् । महिला समूहले भ्रमणका लागि लिएको एक लाख रुपैयाँको फर्छ्योट गर्ने क्रममा सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले चौधरीलाई पक्राउ गरेको हो ।

चौधरीलाई सदरमुकाम जलेश्वर वडा नं. ५ स्थित महेन्द्र चोकबाट घुस रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *