मिस नेपाल इन्टरनेशनल वर्षा लेखीले सिकाइन् दाँत माझ्ने तरिका

मिस नेपाल इन्टरनेशनल वर्षा लेखीले ‘हेल्दी स्माइल’ प्रोजेक्ट सञ्चालन गरेकी छन्। आउँदो अक्टुबरमा जापानमा हुन गइरहेको मिस इन्टरनेशनलमा उनले यही प्रोजेक्ट प्रस्तुत गर्नेछिन्। जसअनुसार उनले ललितपुरको भैंसेपाटीस्थित २७ असहायहरु बस्ने गृहमा यो प्रोजेक्ट सञ्चालक गरेकी हुन्।
उनले त्यहाँ बस्ने बालबालिकाहरुलाई पावरप्वाइन्ट र भिडियोमार्फत् स्वच्छ मुख, पोषणयुक्त खाना र हात धुने तरिकाबारे जानकारी गराएकी थिइन्। उनले बालबालिकालाई ब्रस गर्न पनि सिकाएकी थिइन्।
लेखीले उक्त असहाय गृहका लागि दाँत माझ्ने ब्रस, टुथपेस्ट र हात धुने साबुन प्रदान गरेकी थिइन्। उक्त प्रोजेक्टमा डेन्टिस विकास चौधरीले निशुल्क चेकजाँचमा सहयोग पुर्याएका थिए।

उनले यसअघि यही गृहमा आफ्नो जन्मदिन मनाएकी थिइन्। सो अवसरमा पनि उनले गृहका लागि केही सामान प्रदान गरेकी थिइन्।

मिस नेपाल इन्टरनेशनल वर्षा लेखीले यसरी मनाइन २२औं जन्मदिन

हेर्नुस् केही तस्बिर

14114486_1454662224560814_1869543736_o

14114515_1454663994560637_1899545320_o  14139004_1454662641227439_1799313758_o

14139030_1454663577894012_1959710004_o (1)

14139187_1454666961227007_50186704_o

14139289_1454667381226965_1259582784_o

14151793_1454662761227427_1702709232_o

14163833_1454667441226959_1140910032_o

 

14159268_1455831274443909_204283294_n

तस्बिर सौजन्य : राजु चौहान




Leave a Reply

Your email address will not be published. Required fields are marked *