दुर्घटनामा मृत्यु भएका चौधरी परिवारलाई कांग्रेसको सहयोग

सडक दुर्घटनामा मृत्यु भएका नेपाली काँग्रेस मोरङका क्षेत्रीय सचिव लालचन्द्र चौधरीको परिवारलाई नेपाली काँग्रेस मोरङले आज रु एक लाख ५० सहयोगस्वरुप प्रदान गरेको छ । नेपाली काँग्रेस क्षेत्र नं ५ का क्षेत्रीय सचिवसमेत रहनुभएका चौधरीप्रति पार्टीद्वारा आज आयोजित सभामा सो रकम प्रदान गरिएको हो ।

सो श्रद्धाञ्जलिसभामा नेपाली काँग्रेस मोरङका कोषाध्यक्ष नागेश कोइराला, क्षेत्र नं ५ का क्षेत्रीय सभापति दिलीप पोखरेल, पार्टीका जिल्ला सदस्य नवराज पाण्डेलगायतले चौधरीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिउ ।

विराटनगरस्थित बसपार्कमा असार २७ गते चौधरी चढेको मोटरसाइकललाई यात्रुबाहक बसले ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *