‘मुसाहरू’प्रति सचेत रहन प्रचण्डलाई उपेन्द्रको सुझाव

संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदहरू व्यवस्थापिका–सांसद भवनमा आए भन्दैमा संविधान स्विकार गरेको भ्रम नपाल्न थप स्पष्ट पारेका छन् । प्रधानमन्त्रीविरुद्ध गत साउन ७ गते पेस भएको अविश्वास प्रस्तावमाथि जारी छलफलमा यादवले संसदमा बोल्दै भने, ’यो संविधान नसुधारिकन हामीलाई स्विकार्य हुँदैन । संसदमा आयो भन्दैमा संविधान मान्यो भनेर खुशीयाली नमनाए हुन्छ ।’ शुक्रबारको सांसद बैठकमा सुवास नेम्वाङले मधेसी नेता सांसद आएर संविधान स्विकार गरेको भन्ने भनाइप्रति यादवको भनाइ लक्षित थियो ।

यसैगरी यादवले मधेसी जनताले आफ्ना माग सरकारलाई सुनाउन नेपाल भारतको सीमा १० गजामा आन्दोलन गरेको बताए । उनले नाकाबन्दी सरकारले खोलेको नभइ मधेसी जनताले नै खुल्ला गरेको बताए । उनले भने, ’हामीले आन्दोलन गर्दा सरकार पक्ष आफैंले विखण्डनकारी र साम्प्रादायिक दंगा फैलायो । त्यसलाई निस्तेज पार्न सीमा नाकाको आन्दोलनलाई काठमाडौं केन्दित बनाएका हौं ।’

‘मुसाहरू’प्रति सचेत रहन प्रचण्डलाई उपेन्द्रको सुझाब

अध्यक्ष यादवले प्रधानमन्त्रीले सरकारको जहाज डुबाउन प्रधानमन्त्रीकै पार्टीका नेता तथा सहयात्रीले नै लागेको बताए । उनले मुसाको प्रसंग उप्काउँदै भने, ’एउटा मुसाले जहाज प्वाल पार्छ । प्वाल पारेपछि अर्को जहाजमा हामफाल्छ । चुहा (मुसा) भनेको यस्तै हुन्छ । अब बन्ने सरकार पनि चुहाबाट सतर्क हुनुपर्छ ।’
यादवले ‘मुसा’हरूप्रति सजग रहन प्रचण्डलाई सुझाव दिएका छन् । अब बन्ने सरकारले पनि केही उपलब्धि हासिन गर्न नसक्ने बताउँदै यादवले भने, ’अब बन्ने सरकारमा पनि चुहा छ । उक्त चुहा आफू अनुकुल हुनेबित्तिकै अर्कोमा सरिहाल्छ । सतर्क रहनुहोला ।’

२०५४ सालमा आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि जवाफ दिने क्रममा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सरकार छाड्नेहरूलाई ‘मुसा’को संज्ञा दिएका थिए । त्यसबेला उनले मुसा प्रवृत्ति भन्दै कमल थापाको कार्यलाई इंगित गरेका थिए ।

अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै फोरम अध्यक्ष यादवले डुंगा डुब्न लाग्दा मुसाहरू पहिला भाग्ने बताए । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार छाड्ने साना दलहरूप्रति संकेत गर्दै उनले ओली सरकार ढल्ने भएपछि मुसाहरू भाग्न थालेको बताए ।

उनकै भलाईका लागि ओलीले राजीनामा दिँदा राम्रो हुन्छ
अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीको आज अन्तिम दिन भएको भन्दै पदमुक्त हुनुभन्दा अघि नै राजीनामा दिँदा राम्रो हुने प्रधानमन्त्रीलाई सुझाब दिएका छन् । ओली सरकारलाई दिएको समर्थन अन्तिम समयमा केही पार्टीले फिर्ता लिएको प्रति संकेत गर्दै आइतबार संसदमा यादवले भने, ‘सरकारको आज अन्तिम दिन हो । मुसाहरू भागिसकेका छन् । अव ओलीले राजीनामा दिदा राम्रो हुन्छ । उहाँको भलाइका लागि यो कुरा भनिरहेको छु ।’

यादवले थपे– सरकारको जहाज डुब्न थाल्यो । गठबन्धनमा रहेकाले प्वाल पारे । आफ्नै पार्टीका नेताले प्वाल पार्ने काम भयो । मुसाहरू हाम फाल्न थालेका छन् । मुसा भनेको यस्तै हुन्छ । मुसाहरूको फौज तयार गरेर नयाँ सरकारले पनि केही गर्नेवाला छैन ।
यादवले संविधान बनाउँदा केहि व्यक्तिहरूले बालुवाटारमा बसेर नश्लवादी संविधान बनाएर जबरजस्ती जारी गरेकाले मधेसी, जनजाति, शिल्पी (दलित), थारु, मुस्लिम, खसानलगायाका जनताले आन्दोलन गर्नुपरेको बताए ।

उनले ओली सरकार संकटमा परेको र अब नयाँ सरकारको खेल सुरु भइरहेकोप्रति व्यंग्य गर्दै भने, ‘सेता कुर्सी भरिए भनेर खुसी मनाउछौँ । आज मन्त्रीका कुसी खाली भए । अब कसले खुसी मनाउने हो । सुवास नेम्बाङप्रति इंगित गर्दै उनै खुसी मनाउने माननीय आज त बैठकमा देख्दिन ।’

नश्लवादी संविधान स्वीकार गरेका छैनौं
अध्यक्ष यादवले आफूहरू संसदमा नश्लवादी संविधान स्वीकार्ने नआएको बताउँदै स्वीकारे भनरे केहिले खुसी नमनाए हुन्छ । उनले थप भने, ‘मधेस आन्दोलनताका तत्कालीन सरकारले मधेसीमाथि जातीय नरसंहार गर्यो । साम्प्रदायिकता भड्काउने काम मात्रै गर्यो ।’
‘मधेसमा कफ्र्यु लगाउँदा त्यहाँका जनताले दशगजा क्षेत्रमा गएर प्रर्दशन गरेका थिए । सरकारले राष्ट्रिय एकता खलबलाउने र साम्रदायिक दंगा चलाउने काम गरेको थियो । साम्रदायिक दंगाबाट बचाउन हामीले नाकाबाट हामी काठमाडौं आएका हौँ । यो पनि सफलता हो । यस्तो हास्यपद कुरा गर्ने ? किन जोकर बन्ने काम गर्ने ?’ उनले भने ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *