राष्ट्रिय टोलीकी स्पाइकर मनिषा चौधरी पुलिस क्लबमा

राष्ट्रिय टोलीकी स्पाइकर मनिषा चौधरी पुलिस क्लबमा अनुवन्धित भएकी छिन। मनिषाले दुई वर्ष देखी पश्चिमाञ्चलबाट राष्ट्रिय प्रतियोगिता खेल्दै आएकी थिइन।

पोखराको टप्स स्कुलमा छात्रवृति सहित भलिबल खेलिरहेकी मनिषाले आइतबार पुलिसको जर्सीमा पहिलो पटक खेलिन। डायमन्डविरुद्धको खेलमा मनिषाले स्पाइकबाट ८, ब्लकबाट १ र सर्भिसबाट २ सहित ११ अंक लिँदै पुलिसको जितमा सहयोग गरिन्।

मनिषाले स्पाइकबाट राम्रो प्रभाव देखाएको कारण विजय हासिल गर्न सफल भएको पुलिसका प्रशिक्षक रुपेश विष्टले बताए। स्पाइक कमजोर भएकाले मनिषालाई अनुबन्ध गरेको उनको भनाई थियो।

मनिषाले भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुदमा राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेकी थिइन। पुलिसमा स्थायी रुपमै भर्ना भएर खेल्ने योजना रहेको मनिषाले बताइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *