थारु समुदायले बनाएको नहरको तस्बिरलाई अन्तर्राष्ट्रिय उपाधि

नेपाल जलवायु परिवर्तन सहयोग परिवर्तन कार्यक्रम अन्तर्गतको सिँचाइ नहरसम्बन्धी एक तस्बिर अनुकूलन कोषको ‘पिपुल्प च्याम्पियन’ को अन्तर्राष्ट्रिय उपाधि पाउन सफल भएको छ ।

सो कार्यक्रम अन्र्तगत बर्दियाको खैरी चन्दनपुर गाविसको लालपुर-१ का थारु समुदायको सहभागितामा निर्माण हुँदै गरेको सिँचाइ नहरको सो तस्बिरलाई गत वैशाख १० गते अमेरिकाको न्युयोर्कमा चलेको ‘पेरिस जलवायु सम्झौता हस्ताक्षर समारोह तथा पृथ्वी दिवसका अवसरमा प्रदर्शनी गरी प्रतियोगितामा सहभागी गराइएको थियो ।

प्रगियोगितामा १२७ मुलुकका तस्बिर सहभागी थिए । जनसङ्ख्या तथा वातावरण मन्त्रालयका जलवायु वित्तसम्बन्धी वरिष्ठ अर्थविज्ञ नरेश शर्माका अनुसार यही असार २९–३१ गते अमेरिकाको वासिङ्टन डिसीमा हुने विश्व जलवायु परिवर्तन आर्थिक अनुकूलन सम्मेलनमा प्रदर्शनी गरिनेछ ।

एक वर्षका लागि अनुकूलन कोषको अध्यक्ष समेत रहनुभएका शर्माले सो कार्यक्रमबाट नेपालमा गरिब र सङ्कटापन्न अवस्थामा रहेका स्थानीय जनतालाई जलवायु परिवर्तनसँग जुध्न सक्ने क्षमता वृद्धि गरिने बताउनुभयो । रु ९४ करोड बजेट भएको सो कार्यक्रम अन्तर्गत मुगु, जुम्ला र कालीकोटका २२ गाविसमा कार्यक्रम सञ्चालित छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *