dasharath stadiumझापाको लखनपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बन्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका-संसद्मा आगामी आव २०७३-७४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त रङ्शालाको निर्माण कार्य यसै आर्थिक वर्षभित्र सुरु गरिने बताइन्।

स्वस्थ तथा अनुशासित नागरिक समाजको सिर्जना गर्न खेलकूद विकासमा जोड दिइने बताउँदै उनले ‘खेलकूदको माध्यमबाट राष्ट्रिय एकता सुदृढ गर्न सरकार लागि परेको छ’, भनिन्। त्यसका लागि प्रत्येक प्रदेशमा एक-एक रङ्शाला वा बहुउद्देश्यीय कभर्डहल निर्माण गर्ने नीति सरकारले लिएको छ।

त्यस्तै, आसन्न तेह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण तथा रङ्शाला स्तरोन्नतिको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *