Reshma Gurung

कमलरी प्रथामा आधारित ‘झुम्की’ फिल्ममा थारु भूमिकामा देखिएकी अभिनेत्री रेश्मा गुरुङ लुक्स सार्वजनिक गरिएको छ। बुधबार ‘झुम्की’ फिल्ममा अभिनय गरेको अभिनेत्री गुरुङको थारु लुक्स सार्वजनिक भएको हो। यसअघि अभिनेत्री गुरुङले ‘कबड्डी’ फिल्मबाट डेब्यु गरेकी अभिनेत्री गुरुङले गतवर्षको ‘कबड्डी कबड्डी’ मा अभिनय गरेकी थिइन्। निर्देशक अपिल बिष्टले ‘झुम्की’ फिल्मलाई निर्देशन गरेका हुन्। ‘थारु लुक्समा देखाउन मेकअपले सहयोग गरेपनि थारु भाषा सिकाउन केही अफ्ठ्यारो भएको थियो,’निर्देशक बिष्टले भने,’फिल्मको कार्यशाला गर्न नपाएको हुँदा थारु गाउँमै सुटिङको दौरान उनले भाषा सिकेकी हुन्।’

निर्देशक बिष्टले यसअघि ‘दासढुंगा’ र ‘ऋतु’ फिल्म निर्माण गरिसकेका छन्। लभस्टोरी फिल्म ‘झुम्की’ दाङ जिल्लाकी थारु युवतीसँग प्रेम गर्ने एक प्रहरीले भोगेका उतारचढावपूर्ण घटनाको वरिपरि घुमेको कथा हो। ‘झुम्की’ फिल्ममा रामबाबु गुरुङको कथा, पटकथा र संवाद रहेको छ।

आगामी भदौ ९ मा रिलिज हुन लागेको फिल्मलाई अपिल फिल्म्स्को ब्यानरले निर्माण गरेको हो। फिल्ममा संगीतकार कालीप्रसाद बाँस्कोटाले संगीत दिएका छन् भने सिनेमेटोग्राफर शैलेन्द्रडी कार्कीले फिल्म खिचेका हुन्। तीन चरणमा सिध्याइएको फिल्मको सुटिङ दाङ लमही, नारायणघाट, बुटवल र राजधानी वरपर सम्पन्न गरिएको छ। अभिनेता दयाहाङ राई, रेश्मा गुरुङ, मलिना जोशी, मनोज आरसी, भोलाराज सापकोटा, रविन्द्रसिंह बानियाँ, विजय बराल, सुमिता कार्की, प्रेमवर्षा खड्का र बाल्मिकी पोखरेल लगायत कलाकारले फिल्ममा अभिनय गरेका छन्।

ट्रेलर हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *