पूर्वकमलरी उर्मिला चौधरीबारे बृत्त चित्र निर्माण भएको छ। जर्मन फिल्म मेकर सुसन ग्लुथले उनको जीवनीमा आधारित ‘उर्मिला : दी लिबर्टी’ फिल्म बनाएकी हुन्। धेरै वर्षको प्रयासपछि फिल्म निर्माण भएको उनले थारुवानलाई बताइन्।

उनले लामो समयसम्म दाङमा बसेर फिल्म खिचेका थिए। उनको फिल्ममा उर्मिलाले गरेको संघर्ष देखाइएको छ। ‘कमलरीमुक्त भएपछि उनले संघर्ष गरेका कुराहरु फिल्ममा समेटिएको छ,’ उनले भनिन्, ‘उर्मिलाको जिल्ला दौडाहादेखि सिंहदरवारसम्मको यात्रा फिल्ममा छ।’

उनले छिट्टै नै नेपालमा पनि प्रिमियर गरिने बताइन्। ‘कुनै राम्रो फिल्म फेस्टिभको पर्खाइमा छौं। सम्भवत अर्को किम्फसम्म फिल्म नेपालमा प्रिमियर हुन्छ,’ उनले भनिन्।

फिल्मको ट्रेलर हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *