Madheshi-morchaभारतीय राजदूत रन्जित रेले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अध्यक्षसँग लन्च मिटिङ गरेका छन्। नयाँ संविधानप्रति विमति जनाउँदै तराई–मधेसमा आन्दोलनरत मोर्चा नेतालाई लैनचौरस्थित भारतीय दूतावासमा बोलाएर छलफल गरिएको घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले उक्त भेटघाटमा राजनीतिक विषयमा छलफल नभएको जनाएका छन्। ‘होलीको शुभकामना आदान–प्रदान गर्ने मात्रै काम भयो, अरु त्यहाँ केही भएन,’ महतोले भने। उनका अनुसार मोर्चाआबद्ध सचिवालयले भने शुक्रबार बैठक बसी आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्दैछ।

राजदूत रेले मोर्चाआबद्ध तराई–मधेसकेन्द्रित सातै दलका नेतालाई लैनचौर बोलाएका थिए। तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी भने काठमाडौं उपत्यकाबाहिर रहेकाले दूतावासमा गएनन्।

नेपाल सदभावना  पार्टी अध्यक्ष अनिलकुमार झाले भने आफुलाई त्यस्तो खबर नआएको जनाएका छन्। सो भेटमा महत्तोसहित संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत भने लैनचौरस्थित दुतावासमा पुगेको बुझिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *