NC Madhivasan (2)

कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले परिवर्तनको नेतृत्व गर्न नेपाली कांग्रेस आफै परिवर्तन हुनपर्ने बताएका छन् । कांग्रेसको १३औं महाधिवेशन उद्घाटन समारोहमा उनले सो कुरा बताएका हुन् । उनले नेपाली कांग्रेस लोकतान्त्रिक समाजवादको बाटोमा हिँड्नुपर्ने पनि उनले बताएका छन् ।

पौडेलले कांग्रेसले केही गल्ती गर्दा मधेशमा जनता असन्तुष्ट भएको थाहा पाएर हत्त न पत्त संविधान संशोधन गरेको बताएका छन् । उनले प्रदेश सीमांकन पनि छलफलद्वारा समाधान गर्न तयार रहेको बताएका छन् ।

उनले नेपालको राजनीति गर्नेहरु र राजनीतिक दलहरु ज्यादै आलोचित र घृणित भएको बताउँदै कहिलेकाहीं आत्महत्या गर्न मन लागेको समेत बताएका थिए । राजनीति अहिले ज्यादै आलोचित भएको बताउँदै त्यसलाई सङ्ल्याउन चाहेको बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *