vela

थारु, मधेसी, जनजाति, दलित र मुस्लिमहरुले गर्दै आएको अधिकारको लडाइँलाई कसरी साझा बनाउने विषयमा बिराटनगरमा दुई दिने अन्तर्क्रियात्मक भेला हुने भएको छ। आदिवासी जनजाति वकिलहरुले आयोजना गरेको कार्यक्रममा पाँच जना प्यानालिस्ट निम्त्याइएका छन्। जसमा अधिकारकर्मी डा. कृष्ण भट्टचन, अधिवक्ता शंकर लिम्बु,  थारु नेता राजकुमार लेखी, अधिवक्ता दिपेन्द्र झा र अधिकारकर्मी ज्योति दनुवार छन्।

कार्यक्रम थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष कन्नुलाल चौधरीको अध्यक्षतामा हुनेछ। कार्यक्रम थारु कल्याणकारिणी सभा केन्द्रीय प्रशिक्षण विभागका देवराज चौधरीले गर्नेछन्।

सय जना बढी सहभागी हुने कार्यक्रममा नयाँ संविधानमा आदिवासी जनजाति थारु मधेसी मुस्लिम र दलितका अधिकारबारे बहस हुनेछ। थारु नेता लेखीका अनुसार सबै आन्दोलनलाई कसरी साझा बनाउनेबारे पनि बृहत् छलफल हुनेछ।

‘सबै आ-आफ्नो ठाउँमा आन्दोलन गरिरहनुभएको छ। ती सबै आन्दोलनलाई कसरी साझा बनाएर लान सकिन्छ। बहस त्यही विषयमा केन्द्रीत हुने जानकारी पाएको छु,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *