Sher Deuwa

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली कञ्चनपुर जिल्लामा बसोवास गर्ने थारु समुदायलाई बिषेश अधिकार दिन आफूले पहल गर्ने बताएका छन्। कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको सुदूरपश्चिमाञ्चलस्तरीय प्रशिक्षण कार्यक्रमको समापन गर्दै उनले थारुहरुको साथ र सहयोगबिना अहिलेको सेती महाकाली प्रदेश बलियो नहुने भएकाले उनीहरुलाई विषेशाधिकार दिनुपर्ने धारणा राखे। 

नेता देउवाले सदियौँदेखि मिलेर बसेको थारु पहाडी समुदायबीचमा तिक्तता हुन नदिन दुवै समुदायका अगुवाले पनि पहल गर्न जरुरी रहेको उल्लेख गरे।

थरुहट पक्षधरले सुदूरपश्चिमको तराईंका दुई जिल्ला कैलाली र कञ्चनपुरलाई थरुहट प्रदेशमा समेटिनुपर्ने माग राख्दै आएका छन्।

कार्यक्रममा काँग्रेस नेता विमलेन्द्र निधि, रमेश लेखकले पनि समसामयिक राजनीतिक विषयमा बोल्नुभएको थियो ।

दुई दिने प्रशिक्षण कार्यक्रममा कांग्रेसका जिल्ला सभापति, क्षेत्रीय सभापति, महाअधिवेशन र महासमिति सदस्य, सांसदलगायत सहभागी थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *