नेकपा एमाले सुनसरीको दोस्रो जिल्ला परिषद्बाट द्वारिकलाल चौधरी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन्। चौधरी अध्यक्ष केपी ओली पक्षका हुन्। जिल्ला अध्यक्षमा उम्मेदवारी दिएकी वरिष्ठ नेता माधव नेपाल पक्षकी लक्ष्मी गौतमले उम्मेदवारी फिर्ता लिएपछि चौधरी सर्वसहमत भएका हुन्। दोस्रो संविधानसभा निर्वाचनमा तत्कालिन अध्यक्ष रेवतीरमण भण्डारी सभासद्मा बिजयी भएपछि उपाध्यक्ष रहेका चौधरीले कार्यबाहक रुपमा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।

अन्य पदाधिकारीमा गुटगत प्रतिस्पर्धा हुदाँ उपाध्यक्ष, सचिब र उपसचिबमा नेता नेपाल पक्षका बिजयी भएका छन्। उपाध्यक्षमा रमेश बस्नेतले तीन सय दुई मत ल्याएर बिजयी भए। उनको प्रतिस्पर्धी ओली पक्षका मुरारी सुवेदीले दुई सय १६ मत ल्याए। यस्तै, सचिबमा नन्द बस्नेतले ३ सय ९० मत ल्याए भने ओली पक्षका श्यामदेव मेहताले एक सय २८ मत ल्याए। सचिबमा बिजयी बस्नेतले पनि दोस्रो संविधानसभा निर्वाचनदेखि कार्यबाहक सचिब चलाउँदै आएका थिए। तत्कालिन सचिब मोती सुनुवार संघीय समाजवादी पार्टीमा प्रवेश गरेर एमालेले कारबाही गरेपछि बस्नेतले कार्यबाहक चलाउँदै आएका थिए। सुनुवार अहिले एमालेमै फर्किसकेका छन्।

बुधबार साँझ भएको मतगणनाअनुसार उपसचिबमा पर्शुराम यादवले तीन सय १८ मत ल्याएर बिजयी भए। उनका प्रतिस्पर्धी ओली पक्षका निलम खनालले एक सय ९५ ल्याए। दोस्रो जिल्ला परिषद्ले जिल्ला निर्वाचन कमिटीमा अध्यक्ष प्रेमप्रसाद पोखरेलसहित सात जनालाई सर्वसहमत चयन गरेको छ। समितिको उपाध्यक्षमा वीरेन्द्रबहादुर बस्नेत र सचिबमा शारदाप्रसाद अधिकारी छन्। यस्तै, सदस्यहरुमा महेशकुमार श्रेष्ठ, अवयीन्द्र निरौला, गिरीराज अधिकारी र रमेशबाबु थापा चयन भएको निर्वाचन कमिटीका सदस्य यज्ञराज दाहालले जानकारी दिए ।

यस्तै, जिल्ला परिषदले ख्यामप्रसाद तिम्सिनाको अध्यक्षतामा लेखा समिति पनि सर्वसहमत नै चयन गरेको छ। समितिको उपाध्यक्षमा सोमबहादुर श्रेष्ठ र सचिबमा कल्पना आचार्य चयन भएकी छन्। सदस्यहरुमा केदार न्यौपाने, योगराज धमला, बोधप्रसाद आचार्य र कृष्ण तिम्सिना सर्वसहमत चयन भएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *