02122015044956Rm-600x0

राजमार्ग केन्द्रित आन्दोलन सञ्चालन गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले सरकारले जातीय नरसंहार मच्चाइरहेको आरोप लगाएका छन्। आज धनुषाको ढल्केबरमा आयोजित आमसभामा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस सङ्घीयताको जननी भए पनि अहिले मधेसलाई नै सङ्घीयताबाट वञ्चित गराउन खोजिएको बताए। अहिले मधेसको विरोधमा दलहरु एक ढिक्का भएको धारणा राख्दै उहाँले वर्तमान सरकारसमेत मधेस विरोधी भएको आरोप लगाए।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी जनता आफ्नो अधिकार र पहिचानको लागि सङ्घर्ष गरिरहेको बताए। सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा जारी आन्दोलनमा सरकारले गरेको बल प्रयोग नरोकिएसम्म वार्ता नहुने धारणा राखे। उनले मधेसी जनताले आफ्नो अधिकार नपाएसम्म आन्दोलन जारी रहने बताए।

तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मधेसको आन्दोलनलाई अहिले निर्णायक बनाउनुपर्ने आवश्यकता रहेको बताए। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *