Upendra Yadav

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं अान्दोलनरत मधेसी मोर्चाका नेतृत्वकर्ता मध्येका एक उपेन्द्र यादवले सरकारका मन्त्रीहरूलाई मुख सम्हालेर बोल्न चेतावनी दिएका छन्। ‘यहाँ उपप्रधानमन्त्री भएका मान्छेहरूले मधेस भारतमा गाभ्न लाग्यो भनेर भाषण गरेका छन्,’ बुधबार संसद भवनबाट निस्कदै गर्दा सञ्चारकर्मीको प्रश्नमा प्रतिकृया दिँदै यादवले भने ‘म उहाँहरूलाई चुनाैती दिन्छु, या त युद्ध गर्न सीमामा जाउ वा कुर्सी छोड।’

यादवले अाफ्नो भूमि अरूले गाभ्न थालेको देख्दादेख्दै के हेरेर बसेको? भन्दै प्रश्न गरे। ‘भूमि खोसिन लाग्दा के खान कुर्सीमा बसेको?’ यादवको कडा प्रतिक्रिया थियो ‘या त युद्धको घोषणा गर या त कुर्सी छाडेर भाग।’ उनले भने ‘गैर जिम्मेवार कुरा बोलेर मन्त्री पदमा बस्नु हुँदैन।’

‘भारतीय सुरक्षा बलले नेपाली माथि गोली हानेको बारे तपाँइको प्रतिकृया केे छ?’ भन्ने प्रश्नमा यादवले यस्तो बिषयमा बाटोमा बोल्दै हिड्नु उचित नहुने बताए। ‘पहिलो कुरा परराष्ट्र मन्त्रालयको त्यसमा वक्तव्य अाउन परो, अनि हाम्रो कुरा अाउँछ,’ उनले भने। यादवले गोली लागेर मर्ने अमेरिकी, भारतीय, नेपाली वा जोसुकै भएपनि हत्या गर्नु गलत भएको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *