नयाँ संविधान जारी हुने असोज ३ गतेलाई कालो दिनको संज्ञा दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।

विहीबार बसेको मोर्चाको बैठकले आन्दोलन जारी रहे पनि सरकारसँग वार्ताको ढोका खुल्ला राखेको जानकारी दिएको छ ।
असोज ३ गते मुखमा कालोपट्टी बाँधी कालो झण्डा लिएर मौन जुलुस प्रदर्शन गर्ने र सोही दिन बेलुका ७ बजेदेखि ८ बजेसम्म ब्ल्याक आउट गर्ने निर्णय गरेको छ । त्यसैगरी असोज ४ गते जिल्ला सदरमुकाममा संविधान जलाउने निर्णय पनि गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै जारी हुन लागेको संविधानप्रति असहमत रहेका र संविधान निर्माणको प्रक्रियाबाट बाहिर रहेका परिवर्तनकारी शक्तिहरुसंग सहकार्य गर्दै अगाडि बढ्ने निर्णय पनि मोर्चाले गरेको छ ।

आन्दोलनका क्रममा बिभिन्न जिल्लामा मृत्यु भएकाहरुप्रति श्रद्धान्जली र शोक संतप्त परिवारप्रति समवेदना प्रकट गर्दै मोर्चाले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

Pressnote-of-Madhesi-Morcha




Leave a Reply

Your email address will not be published. Required fields are marked *