tikapur

टीकापुर घटनामा संलग्न आरोपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका कैलाली क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष टेकबहादुर चौधरी पक्राउ परेका छन्। उनलाई घरमा सुतिरहको बेला सोमबार राति करिब ११ बजेतिर पक्राउ गरेको उनका आफन्तले जनाएका छन्।
घटनाबारे बुझन उनलाई पक्राउ गरिएको हुन सक्ने र यसबारे आफूलाई जानकारी नभएको इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख सुमन धितालले बताए। उनले भने– अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। यसबारेमा मैले पनि जानकारी पाएको छैन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *