भट्टराई सरकारलाई आन्दोलनबाट हटाउँछौं : पौडेल
चितवन- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले वर्तमान सरकार आन्दोलनबाटै हटाउने चेतावनी दिएका छन्। नेपाल प्रेस युनियन चितवनले आज बिहान नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वार्ता र संवादबाट भट्टराई नेतृत्वको सरकारले मार्गप्रशस्त नगरे विपक्षी दल आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए।
राष्ट्रपतिले सहमतिका लागि पटक पटक प्रयास गरेको बताउँदै नेता पौडेलले पछिल्लो पटक राष्ट्रपतिले दिएको समयसीमाभित्र पनि सहमति जुट्ने सम्भावना नरहेको बताउनुभयो। “मैले त अहिलेसम्म आशाको किरण देखेको छैन”, पौडेलले भने। मुलुकको गतिरोध अन्त्यका लागि राष्ट्रपतिले सबै राजनीतिक दल र कानुनविद्सँग परामर्श गर्नुपर्ने सुझाव उनले दिए। रासस
Facebook Comment