भद्रपुर- नेकपा एमालेका नेता केपी शर्मा ओलीले संविधान बनाउन र मुलुकको समस्या समाधान गर्नमा भट्टराई सरकार असफल रहेको आरोप लगाएका छन्।

प्रेस चौतारी नेपालले दमकमा आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले दसैँपछाडि भट्टराई सरकार ढल्ने दाबी गर्दै यदि कसैले तानाशाही लाद्न खोज्छ भने त्यस्तालाई फाल्न एमाले सक्षम रहेको बताए।

नेकपा एमालेको स्थायी समिति सदस्यसमेत रहनुभएका नेता ओलीले पार्टी एकता देख्न नचाहने तत्वले पार्टीभित्रका केही मान्छेलाई उक्साएर पार्टी परित्याग गर्न बाध्य पारेको भन्दै एमालेका कारण पहिचान बनाएका नेताहरूले पहिचान खोज्दै हिँड्नु मुर्खता भएको टिप्पणी गरे।
सहमतिको सरकारका लागि बारम्बार पहल भए पनि त्यसप्रति एनेकपा (माओवादी) गम्भीर नभएको उनले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *