Model Watch

आयुष चौधरी र अभय चौधरीको कभर डान्सले पायो एक लाख पुरस्कार

गायकद्वय सन्जिब पराजुली र टीका प्रसाईंको आवाजमा रहेको ‘नाईं मलाई थाहा छैन’ ओरिजनल भर्सनको गीतमा आयोजित अन्तराष्ट्रिय नृत्य प्रतियोगिताको बिजेता आज बुधवार सार्वजनिक भएको छ | प्रतियोगितामा समावेश भएका ४० वटा भिडियोहरु मध्ये प्रतियोगी नं २८ का आयुष चौधरी र अभय चौधरी दाजुभाईको नृत्य भिडियो सर्वोत्कृष्ट भएको हो ।

थारूवान

थारु कला, संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै आएको चम्पन साँस्कृतिक समूहले नेपाल टेलिभिजनको ३२औं वार्षिकोत्सवमा आफ्नो प्रस्तुती देखाएको छ। थारु संस्कृति प्रवर्द्धन गर्दै आएको समूहका कलाकारहरुले वार्षिकोत्सवमा थारु नृत्य प्रस्तुत गरेका थिए।

थारूवान

मुना चौधरीद्वारा लिखित पहिलो उपन्यास जयवर्धन सलहेश सिरहामा विमोचन भएको छ। सिरहाको भोटियाटोलमा जन्मिएकी मुनाले आफ्नो जन्मथलोमै किताबको विमोचन गरेकी हुन्।

थारूवान

मुना चौधरीद्वारा लिखित पहिलो उपन्यास जयवर्धन सलहेश चैत २७ गते विमोचन हुने भएको छ। सिरहाको पकडियागढ लहानमा किताबको विमोचन हुने लेखिका चौधरीले जानकारी दिए। त्रिभुवन विश्वविद्यालयबाट एम एड गरेकी मुना हाल शिक्षण पेसामा आबद्ध छिन्।

थारूवान

प्रेम दहित/धनगढी। कैलालीको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आफ्नो पहिचानको लागि संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्नुपर्ने बताएका छन्। सखी सञ्जालले धनगढीमा आयोजना गरेको चिरै भजहरको कार्यक्रममा बोल्दै रिजालले कला संस्कृति समुदायको पहिचान भएको बताए। ‘कला, संस्कृति र चाडपर्व समुदायको पहिचान हो। यसलाई संरक्षण र सम्बर्द्धन गर्ने जिम्मेवारी पनि तपाइँहरुकै...

थारूवान

सखी सञ्जाल कैलालीको आयोजनामा आज धनगढीमा चिरै भजहर कार्यक्रम आयोजना हुँदैछ। थारु समुदायको कला संस्कृतिको संरक्षण गर्दै महिला स्वतन्त्रता लागि यो पर्व मनाउन लागेको सञ्जालका अध्यक्ष इन्दु थारुले बताइन्। धनगढीको थारु छात्राबासमा आज बिहान १० बजेदेखि कार्यक्रम सञ्चालन हुने उनले बताइन्। कार्यक्रममा प्रमुख अतिथि कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द्र रिजाल र...

थारूवान

प्रेम दहित/धनगढी। थारु समुदायका महिला चैत २१ गते धनगढीमा चिरै भजहर मनाउने तयारीमा जुटेका छन। सखी सञ्जाल कैलालीद्वारा बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा चिरै भजहरलाई थारु समुदायमा महिला स्तन्त्रताको दिनको रुपमा लिँदै यो पर्व मनाउन लागेको जनाएको छ।

थारूवान

मिस नेपालको २०१७ को लागि आवेदन खुला गरिएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा मिस नेपालको आयोजक द हिडन ट्रेजरले आवेदन खुला गरिएको जानकारी गराएको थियो।

थारूवान

भारतीय मोडल रेवती क्षेत्रीले नेपाली फिल्ममा अभिनय गर्ने भएकी छन्। लेखक सुविन भट्टराईको ‘समर लभ’नामक पुस्तकको कथामा बन्न लागेको फिल्ममा उनी देखिने भएकी हुन्। 

थारूवान

थारु टिसर्ट बजारमा आएको छ। थारुको संस्कृति झल्किने टिसर्ट बजार ल्याउने काम रोविन चौधरीले गरेका छन्। थारु विद्यार्थीको हकहितका लागि काम गर्दै आएका उनले थारु टिसर्ट बजारमा ल्याएका हुन्। पियोर कटर र डिजिटल प्रिन्ट गरिएको उक्त टिसर्ट पुरुष महिला दुवैका लागि उपलब्ध भएको उनले जानकारी दिए।

थारूवान