मुना चौधरीको उपन्यास ‘जयवर्धन सलहेश’ विमोचन हुँदै, अनलाइन बुकिङ गर्न सकिने

मुना चौधरीद्वारा लिखित पहिलो उपन्यास जयवर्धन सलहेश चैत २७ गते विमोचन हुने भएको छ। सिरहाको पकडियागढ लहानमा किताबको विमोचन हुने लेखिका चौधरीले जानकारी दिए। त्रिभुवन विश्वविद्यालयबाट एम एड गरेकी मुना हाल शिक्षण पेसामा आबद्ध छिन्।
सिरहाको भोटियाटोलमा जन्मिएकी मुनाले किताबमा मिथिला क्षेत्रमा देउताको रुपमा चिनिने लोकनायक जयवर्धन सलहेश र राजकुमारी चन्द्रावती तथा कुश्मा मालिनीहरूको प्रेम कथामा आधारित उपन्यास भएको बताइन्। लेखिका अनुसार यसमा समावेश कथावस्तुलाई आधुनिक ढंगले प्रस्तुत गरिएको छ।
साहित्य लेखनको यो पहिलो प्रयासलाई सबैले माया गरिदिन उनले आग्रह गरेकी छन्। किताब पढेर गल्ती कमजोरी औंल्याइदिन पनि उनले आग्रह गरेकी छन्।
किताब तालको ठेगनामा सम्पर्क गरी किन्न सकिन्छ। वा थारुवान डटकममार्फत् देशविदेशमा रहेका नेपालीहरुले पनि किताब किन्न सकिने लेखिका चौधरीले जानकारी दिए। त्यसका लागि तलको ठेगना वा इमेलमा सम्पर्क गर्न सकिनेछ।
किताबको मूल्य साधारणतर्फ ३०० र संस्थागत ५०० रहेको छ।
Facebook Comment