8

तपाईँको ओठ कालो छ? यसो गर्नुस्

स्क्रब चिनीमा अलिकति जैतुनको तेल मिसाउने र ओठमा यसको लेप रगड्ने । केही बेर रगडेपछि यसलाई चिसो पानीले धुने र पुछेपछि लिप म्वइस्चराइजर लगाउने । सातामा एकपटक यसो गर्नाले ओठको कालोपन हराउँदै जान्छ ।

थारूवान

फिलिपिन्सका एक माझीले त्यहाँको पालावान टापूमा एक अर्ब रुपैयाँ बराबरको मोती भेट्टाएका छन् । उनले १० वर्ष अघि नै यति मुल्यवान मोती फेला पारेका थिए । तर, आफूले भेट्टाएको कुरा मोती हो र यसको मूल्य एक अर्ब रुपैयाँभन्दा बढी पर्छ भन्ने कुरा अहिले आएर मात्र उनले थाहा पाएका छन्...

थारूवान

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी नवनियुक्त १३ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितिमा राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज बिहान आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ। मंगलबार तमलोपा कार्यालय विजुलीबजारमा बसेको मोर्चाको बैठकले उक्त दिनलाई कालो दिनको रुपमा मनाउँदै देशैभरी ब्ल्याक आउट गर्ने निर्णय गरेको हाे।

थारूवान

कुनै बेला बालबालिकाको विद्यालय छोड्ने दर घटाउने महत्त्वपूर्ण माध्यम मानिएको थारू भाषाको पढाइ अहिले हराउँदै गएको छ । दाङका अधिकांश विद्यालयमा थारू भाषामा शिक्षण थालिएको थियो । तर अहिले क्रमश: छोड्दै गएका छन् । अंग्रेजी शिक्षाप्रतिको मोह, अभिभावकको अनिच्छा, जटिल पाठ्यक्रम र प्राविभन्दा माथि पुस्तक नहुने समस्याले मातृभाषाको पढाइ...

थारूवान

सरकारले सामुदायिक विद्यालयमा २८ हजार स्थायी शिक्षको  दरबन्दी खुलाउने तयारी गरेको छ । शिक्षा ऐन २०२८ आठौं संशोधनपछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी सिर्जना गर्न लागेको शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले जानकारी दिए ।

थारूवान

आइसिसी महिला विश्वकप छनौट एसिया– २०१६ का लागि प्रारम्भीक नेपाली टोलीको घोषणा भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा गत साउन ८ देखि ११ गतेसम्म कीर्तिपुरमा भएको महिला राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिताको प्रदर्शनका आधारमा पहिलो चरणमा ३८ खेलाडीको छनोट गरिएको हो ।

थारूवान

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ वैशाख÷जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ नियमित) को नेपाली विषयको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

थारूवान

– अण्डामा भिटामिन ए, डी, बी–१२, रिबाफ्लेविन, फस्फोरस, फोलेटलगायत तत्व पाइन्छन् । यी तत्वले शरीरलाई दाह्रो राख्ने, दिमाग तेजिलो बनाउने र आँखाको ज्योति बढाउने गर्छन् ।

थारूवान

को टोलीले नापी कार्यालय चावहिलका नापी सर्वेक्षक शम्भुप्रसाद चौधरीलाई सेवाग्राहीसँग रु तीन लाख घुस लिँदालिँदै मंगलबार पक्राउ गरेको छ । काठमाडौ बुढानीलकण्ठ नगरपालिका–७ मा पर्ने एक रोपनी ११ आना जग्गाको हाल साविक गर्ने कार्यका लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरी एवम् सूचनाको आधारमा आयोगबाट खटिएको टोलीले सर्वेक्षक...

थारूवान
1 34 35 36 37 38 43