घुस लिँदालिँदै नापी सर्वेक्षक शम्भुप्रसाद चौधरी पक्राउ

को टोलीले नापी कार्यालय चावहिलका नापी सर्वेक्षक शम्भुप्रसाद चौधरीलाई सेवाग्राहीसँग रु तीन लाख घुस लिँदालिँदै मंगलबार पक्राउ गरेको छ । काठमाडौ बुढानीलकण्ठ नगरपालिका–७ मा पर्ने एक रोपनी ११ आना जग्गाको हाल साविक गर्ने कार्यका लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरी एवम् सूचनाको आधारमा आयोगबाट खटिएको टोलीले सर्वेक्षक चौधरीलाई पशुपति मिठाई भण्डार चाबहिलबाट रङ्गेहात नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *