देश

सभासदलाई ४ अर्ब ८० करोड बजेट

टुक्रे आयोजना र कार्यकर्ता केन्दि्रत भनेर आलोचित बनिरहेको निर्वाचन क्षेत्रका दुई कार्यक्रमलाई अर्थमन्त्री रामशरण महतले ४ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेका छन् । अघिल्लो बर्षको रकममा बृद्धि गर्दै महतले सभासद रिझाउन निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई प्राथमिकता दिएका हुन् । दुवै कार्यक्रमको रकम गत बर्षको तुलनामा आगामी आर्थिक बर्षका लागि...

थारूवान

थारू सभासदको एक टोलीले भारतीय राजदूत रणजित रायसित भेटघाट गरेको छ। फोरम लोकतान्त्रिकका सभासद योगेन्द्र चौधरी, कांग्रेसका तेजुलाल चौधरी र थरूहट तराई पार्टीका गंगा चौधरीले राजधानीको लैनचौरस्थित भारतीय दूतावासमै गएर राजदूतलाई भेटेका हुन्।

थारूवान

व्यवस्थापिका संसदमा जारी सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेस गर्दै थरुहट तराइ पार्टीका सभासद् गोपाल दहितले थारुहरुमा लाग्ने सिकल सेल रोग निवारणका विषयमा पनि नीति तथा कार्यक्रमले समेट्नुपर्ने माग गरेका छन्। ‘थारुमा मात्र लाग्दै आएको यो रोगका विषयमा सरकार मौन बस्ने निकै विडम्बनापूर्ण स्थिति हो,’ उनले भने। सरकारले...

थारूवान

सरकारले निजामती प्रशासनको संरचनालाई सङ्घीयता अनुकूल हुनेगरी पुनःसंरचनाको आवश्यक पूर्व तयारीका लागि सङ्कमणकालीन व्यवस्थापनको योजना बनाउने भएको छ । राष्ट्रपति रामवरण यादवले व्यवस्थापिका–संसद्मा सार्वजनिक गरेको सरकारको आगामी आर्थिक वर्ष २०७२-०७३ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ ।

थारूवान

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अस्वीकार गरेपछि संविधानसभाभित्र र बाहिर रहेका तराई–मधेसकेन्द्रित दलबीच बनाउने भनिएको वृहत्तर मधेसी मोर्चा गठन नहुने भएको छ। प्रमुख दलबीच भएको १६ बुँदे सहमतिप्रति असन्तुष्ट तराई–मधेसकेन्द्रित दलबीच बृहत्तर मोर्चा बनाएर आन्दोलनमा जाने बारे छलफल भए पनि यादवका कारण प्रयास तुहिएको हो। यद्यपि मधेसी...

थारूवान

संघीय समाजवादी फोरम नेपालसहितका मधेसवादी दलहरुले संविधानसभाभित्र नयाँ संविधानको एकीकृत मस्यौदा च्यातेका छन्। मंगलबार बसेको संविधानसभा बैठकमा सविधानसभाको बैठकमा सभापति कृष्ण सिटौलाले एकीकृत मस्यौदा टेबल गरेका थिए। सिटौलाले मस्यौदा पेश गरेलगतै नाराबाजी गर्दै फोरम नेपाल, तमलोपा लगायतका दलका सभासदहरु रोष्टम घेराउ गर्न पुगे। राप्रपा नेपालका सभासदहरुले पनि विरोध गर्दै नाराबाजी गरेका...

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले चार दलबीच भएको १६ बुँदे सहमतिविपरीत सर्वोच्च अदालतबाट आदेश आउनु प्रायोजित भएको बताएकाका छन्। उनले बिभिन्न शक्ति केन्द्रहरू नेपालमा संविधानसभाबाट संविधान निर्माण हुन नदिने खेलमा लागेको बताए। अदालतको आदेश पनि कुनै शक्तिकेन्द्रको प्रायोजित भएको उनको दाबी थियो।

थारूवान

नेपाली कांग्रेस पर्साका सभापति एवं सभासद सुरेन्द्रप्रसाद चौधरीले आफू नभइ अजय चौरसियाले कुटाइ खाएको बताएका छन्। सञ्चारमाध्यममा आफूले पिटाइ खाएको समाचार प्रकाशित भएपछि थारुवानसँग कुरा गर्दै चौधरीले उक्त समाचारको खण्डन गर्दै चौरसियाले पिटाइ खाएको दाबी गरेका छन्।

थारूवान

नेपाली कांग्रेस पर्साका सभापति एवं सभासद सुरेन्द्रप्रसाद चौधरी जिल्ला कार्यसमितिको बैठकमा कुटिएका छन्। बैठकमा भएको छलफलमा विवाद चर्किएपछि उग्र बनेका चौधरी कुटिएको बैठकका सहभागीहरुले बताएका छन्। उनीहरुका अनुसार पर्सा क्षेत्र नमबर ४ को सदस्यता वितरण र पार्टीको आन्तरिक काम कारबाहीबारे छानबिनको प्रस्ताव पेस भएपछि चर्काचर्की सुरु भएको थियो।

थारूवान

संविधानसभाका चार प्रमुख दलले १६ बुँदे सहमति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले शुक्रबार दिएको अन्तरिम आदेश पालना नगर्ने चुनौती दिएका छन्। सर्वोच्चका न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले शुक्रबार असारभित्र ‘फास्ट ट्र्याक’ बाट संविधान जारी गर्न दलहरूबीच भएको १६ बुँदे सहमतिका केही बुँदा अन्तरिम संविधानविपरीत भन्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश...

थारूवान