देश

सात साना दलले भन्यो- ‘सत्तापक्षको गठबन्धनमा गएका छैनौं’

पहिचानमा आधारित संघीय गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टी, थरुहट तराई पार्टी, नेपाल, नेपाः राष्ट्रिय पार्टी र खम्बुवान राष्ट्रिय मोर्चाले ३० दलीय गठबन्धनबाट अलग भई नेपाली कांग्रेस र नेकपा एमाले सम्बद्ध रहेको सरकारी दलहरुको गठबन्धनमा आवद्ध भएको भनी आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

थारूवान

काठमाडौं- एकीकृत नेकपा (माओवादी) नेतृत्वको सङ्घीय लोकतान्त्रिक गठबन्धनले सहमतिको प्रक्रियाबाट सत्ताधारी दल बाहिर गएको आरोप लगाउँदै सडक सङ्घर्ष गर्ने निर्णय गरेको छ। एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले विगतका सहमति तथा सम्झौताको मान्यता विपरीत गएर सत्ताधारी दल प्रस्तुत भएको र तटस्थ रहनुपर्ने संविधानसभाका अध्यक्षले पनि विपक्षीको धारणालाई कुनै...

थारूवान

प्रक्रियाको विरोध गर्दै सहमतिबाट संविधान जारी गर्न दवाब दिँदै आएको एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले जबर्जस्ती गरे प्रतिकार गर्ने निर्णय गरेको छ। बुधवार बसेको ३० दलीय मोर्चाको बैठकले बिहीवारसम्म आन्दोलन जारी राख्ने निर्णय गर्दै बिहीवार बस्ने संविधानसभा बैठकमा प्रश्नावली समिति बनाउने खोजे जसरी पनि रोक्ने निर्णय गरेको छ। 

थारूवान

कांग्रेस र एमालेका आदिवासी जनजाति सभासदहरुले आफूहरुको हस्ताक्षर दुरुपोग गरिएको भन्दै आपत्ति जनाएका छन् । नेपाल आदिवासी जनजाति महासंघले माघ ४ र ५ गते नयाँ संविधानमा आदिवासी जनजातिका मुद्दा कसरी सम्बोधन गर्न सकिन्छ भनेर गरेको छलफलमा सहभागी भएको उपस्थिति पुस्तिकाको हस्ताक्षर चोरी गरिएको आरोप उनीहरुले लगाएका छन् । कांग्रेस एमालेका सभासदले...

थारूवान

थारु विद्यार्थी समाजले पद्मएरत्नह तुलाधरको मोर्चालाई समर्थन गर्ने निर्णय गरेको छ। पद्मरत्नु तुलाधरको मोर्चाले पहिचानसहितको संघीयताको पक्षमा वकालत गर्दै आएकाले उनको मोर्चालाई समर्थन गर्ने निर्णय गरेको हो। राजधानीको थारु भिलेजमा बसेको केन्द्रीय तहको बैठकले सो निर्णय गरेको हो। बैठकले मंगलबार हुने नेपाल बन्दको समर्थन पनि गरेको छ।

थारूवान

सन्तोष दहित, दाङ- थारु विद्यार्थी समाजका सल्लाहकार एवं युवा नेता विकास चौधरीले देशको नेतृतव गरिरहेको राजनीतिक शीर्ष नेताहरुले नेतृत्व सञ्चालनबारे थारु समुदायसँग पाठ सिक्नुपर्ने बताएका छन्। थारु विद्यार्थी समाज दाङले आज घोराहीमा आयोजना गरेको माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम उनले यस्तो बताएका हुन्। उनले थारु समुदाय सधैं लोकतन्त्र र गणतन्त्रमा...

थारूवान

कारी महतो, चितवन- थाकस चितवन क्षेत्र नं ७ को आयोजनामा यहि २०७१ पुस २९ देखि माघ ३ गते सम्म खैरहनी नगरपालिका वार्ड नं. ७, सुर्ताना स्कुल चौरमा हुने दोश्रो खिचरा महोत्सवको उदघाटन कृषि तथा सहकारी मन्त्री हरिप्रसाद पराजुलीले गर्ने भएको छ। महोत्सव मूल आयोजक समितिका संयोजक नारायणप्रसाद महतोका अनुसार...

थारूवान

दुर्गालाल केसी– विद्यालय जान एक घन्टा हिँड्नुपर्ने बाध्यताबाट गंगापरस्पुर ३, कटियानगाउँकी पुनम चौधरी अब मुक्त भएकी छन् । शनिबार साइकल पाएपछि उनलाई अब विद्यालय नियमित जान पाउने आशा पनि बढेको छ । ४ कक्षा अध्ययनरत पुनमलाई साँझ-बिहान घरको काम सकेर विद्यालय नियमित जान निकै कठिन थियो । आर्थिक अवस्था...

थारूवान

प्रमुख राजनीतिक दलका शीर्षनेताले तराई-मधेसका पाँच जिल्लामा ‘पहाडी’ र ‘मधेसी’ मूलका बासिन्दालाई छुट्ट्याएर भए पनि संघीयताको विवाद हल गर्न छलफल अघि बढाएका छन्। कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाको आइतबार अपराह्न बालुवाटारमा बसेको बैठकमा पहाडी मूलका मानिस बसोबास क्षेत्र पहाडसँग र मधेसी मूलका मान्छेको बसोबास गर्ने भूभाग पूर्वमा ‘मधेस’...

थारूवान

थारु कल्याणकारिणी सभा सुर्खेतले वीरन्द्रनगरमा थारु संग्रहालय तथा ठन्वा विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। थारुहरुको भाषा, संस्कृति धरायसी बन्दै गएकाले यसप्रति जागरुक गराउन कार्यक्रम गरेको आयोजकले बताएको छ। थारु संग्रहालय तथा ठन्वासम्बन्धी कार्यपत्र थारु बुद्धिजीवी मानबहादुर चौधरी पन्नाले प्रस्तुत गरेका थिए। कार्यपत्रमा थारु रहनसहन, संस्कार तथा थारु देवथानमा...

थारूवान