chamariya communityथारु समुदायमा पनि पछाडी परेका चितवनका मर्दनिया समुदायहरु संगठित बन्न थालेका छन् । राज्यको पहुँच सम्म पुग्न नसकेको समुदायको रुपमा रहेको मर्दनिया समुदाय पिछडावर्गको रुपमा परिचित छन् । चितवनमा झण्डै तीनसयको हाराहारीमा मर्दनियाको जनसंख्या रहेको अनुमान गरिएको छ ।

चितवनको पदमपुरमा मर्दनिया समुदायका अगुवाहरुको बैठकले संगठनलाई बलियो बनाउने निर्णय गरेको छ । संगठनका अध्यक्ष घनश्याम मर्दनियाको अध्यक्षतामा बसेको बैठकले पछाडी पारिएको मर्दनिया समुदायको विकास सँगै राज्यको पहुँच सम्म पुग्नका लागि सबैभन्दा पहिले आफ्नै संगठन बलियो हुनुपर्ने भन्दै संगठनलाई सक्रिय बनाउने निर्णय गरेको हो । मर्दनिया एकता समाज नाम राखिएको संगठनले समुदायको भित्र पर्ने समस्या देखि राज्यको पहुँच सम्म समुदायलाई लैजानका लागि मर्दनिया समुदाय संगठित हुँदै गएको मर्दनिया एकता समाजका कोषाध्यक्ष युवराज मर्दनियाले जानकारी दिए ।
उनका अनुसार संगठनले समाजका सदस्यहरुबीच आर्थिक बचत सँगै एउटालाई परेको समस्या सबै मर्दनिया मिलेर समाधान तर्फ लाग्ने समेत निर्णय भएको छ । संगठनलाई बलियो बनाउन अहिले प्रत्येक सदस्यले वार्षिक ५ सय रुपैयाँ संकलन गर्दैआएका छन् ।

योसँगै कुनैपनि परिवारमा मर्दापर्दा प्रतिघरधुरीले २ सय रुपैयाँका दरले अनिवार्य आर्थिक सहयोग दिने समाजले निर्णय गरेको छ । आर्थिक सँगै एकएक पाथी चामले समेत सहयोग दिँदै आएको छ । यो परम्परालाई अझै व्यवस्थित र सम्भ बनाउने तयारीमा समाजका अगुवाहरु जुटेका छन् । यसले टाढा टाढा रहेका मर्दनियाहरुलाई एकजुट मात्रै बनाएको छैन कि उनीहरुलाई समुदायप्रति उत्तरदायि समेत बनाउन थालेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *