Barsha Lekhi
तस्बिर सौजन्य : मोनिका झा

मिस नेपाल २०१६ को अन्तिम स्पर्धामा वर्षा लेखी छनोट भएकी छन्। हिड्न ट्रेजरले आयोजना गर्दै आएको मिस नेपाल प्रतियोगिताको अन्तिम २२ प्रतिस्पर्धीमा लेखी पनि पर्न सफल भएकी हुन्। गत वर्षको स्पर्धा पनि थारु समुदायकी निश्मा चौधरी छनोट भएकी थिइन्। उनी शीर्ष पाँच र मिस बब्लीको टाइटल पनि जितेकी थिइन्।

सप्तरी स्थायी घर भएकी २२ वर्षीया लेखी हालः काठमाडौंस्थित भिमसेनगोलामा बस्छिन्। उनले पाटन क्याम्पसबाट इन्भाइरोमेन्ट साइन्समा स्नातक गरेकी छन्। उनले वतावरणीय क्षेत्रमा दर्जन बढी अनुसन्धानमा संलग्न भएर काम गरेकी छन्। उनले नेफिन, डब्लु डब्लुएफ, क्लिनअप नेपाल, क्लिन इनर्जी नेपाललगायतका संस्थासँग काम गरेकी छन्।

मिस नेपाल किन?
मिस नेपालको अन्तिम स्पर्धामा छनोट भएपछि उनले खुसी ब्यक्ति गरिन्। उनले मिस नेपाल आफ्नो लागि सुन्दरी प्रतियोगितामात्र नभएर, महिला सशक्तीकरणको सबालमा आवाज उठाउने बताइन्। ‘मिस नेपालको ताज विज्ञापन, म्युजिक भिडियो वा फिल्म खेल्नका लागिमात्र होइन,’ थारुवानसँग कुरा गर्दै लेखीले भनिन्, ‘मजस्ता आम युवतीका लागि मिस नेपाल ठूलो अवसर हो। जहाँबाट महिलाका आवाजलाई राजनीति र नीति दुबै माध्यमबाट उठान गर्न सकिन्छ।’

उनले शिक्षा नै सबै कुरा भएकाले त्यस क्षेत्रमा रहेर काम गर्न रुची रहेको बताइन्। ‘म शिक्षित परिवारमा नजन्मिएकी भएँ वा मलाई शिक्षाबाट वञ्चित गरिएको भए, म पनि कमलरी हुनसक्थेँ,’ उनले भनिन्। यस्तै कुराको परिवर्तनका निम्ति पनि मिस नेपाल आफ्नो लागि अवसर रहेको उनले बताइन्।

उनले मालिकका घरमा दासी जीवन बिताइरहेकी कमलरीका निम्ति, सुदूरपश्चिमका युवतीहरु जो छाउपडी प्रथाबाट गुज्रिरहेकी छन् उनीहरुका निम्ति, दिनदहाडै बलात्कृत र हत्या भइरहेका महिलाहरुका निम्ति, पूर्वी तराईमा विद्यमान घुम्टो प्रथाविरुद्ध र सम्पूर्ण नेपाली महिलाका निम्ति काम गर्ने बताइन्।

मिस नेपालको ताज पहिरिएर उनले महिला र वातावरण क्षेत्रमा काम गर्ने रुचिसमेत रहेको बताइन्। यसका माध्यमबाट परम्परागत जीवनशैली र समाजको सोचाइमा परिवर्तन ल्याउन सक्ने उनको ठम्याइ छ। उनले वतावरण विज्ञानको विद्यार्थीका नाताले पर्यावरणीय क्षेत्रमा रहेर काम गर्ने उनले बताइन्।

यो स्पर्धामा छनोट भएसँगै आफूमाथि ताज पहिरिने ठूलो जिम्मेवारी आइपरहेको उनले बताइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *