Kailali Pahalmanpur Birodh Sabha 02

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद जनकराज चौधरीले कैलाली ७ गतेको घटना शेरबहादुर देउवा र भीम रावलका कारण भएको बताएका छन्।

Kailali Pahalmanpur Birodh Sabha 04कैलालीको पहलमानपुरमा आयोजित बृहत् आमसभामा बोल्दै सांसद चौधरीले भने- ‘भदौ ७ गतेको घटना शेरबहादुर देउवा र भीम रावलका कारणले भएको स्पष्ट हुँदाहुँदै २२ जना थारुलाई पक्राउ गरी जेलमा राखेको छ। ८ गतेको घटनाको जिम्मा यो देशका शासकले लिने कि नलिने ?’

Kailali Pahalmanpur Birodh Sabha 07

उनले केपी ओली नेतृत्वको सरकारमा फोरम लोकतान्त्रिक सात बुँदे सहमतिमा गएको र त्यो सहमति कार्यान्वयनतर्फ अधि नबढे चाँडै सरकार छोड्नसक्ने बताए।

Kailali Pahalmanpur Birodh Sabha 06

उनले भने, ‘सरकारले मंसीर १७ गते नै टीकापुर घटनामा संलग्न आरोपमा पक्राउ परेकाहरुको मुद्दा खारेज गर्ने र आगजनी भएका घरकालाई क्षतिपूर्ति दिने निर्णय भएको छ। निर्णय कार्यान्वयन नभए धेरै समय सरकारमा बस्दैनौं।’ उनले पक्राउ परेका निर्दोष थारुहरुलाई तुरुन्त बिना सर्त रिहा गनुपर्ने बताए।

Kailali Pahalmanpur Birodh Sabha 05

Kailali Pahalmanpur Birodh Sabha 03

Kailali Pahalmanpur Birodh Sabha 08




Leave a Reply

Your email address will not be published. Required fields are marked *