थारू समाचार

२२ वर्षीय अभिषेक चौधरीको हत्या

झापामा एक युवकको हत्या भएको छ। कनकाई नगरपालिका-३ स्थित सुरुङ्गा खोलाको डिलमा रहेको बाँसघारीमा सोही ठाउँ बस्ने २२ वर्षीय अभिषेक चौधरीलाई हत्या गरी फालिएको शव फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

थारुवान/झापा

लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी छन्। ‘गत आइतबार कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएकाले मसँग सम्पर्कमा आउनुभएका सम्पूर्ण महानुभावहरूलाई सतर्क रहन अनुरोध गर्दछु,’ उनले लेखेकी छन्।

थारुवान/बर्दिया

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष खेमराज चौधरीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। वन अतिक्रमण गरेको भन्दै उनीविरुद्ध डिभिजन वन कार्यालय कैलालीले पक्राउ पुर्जी जारी गरेको हो। वडा अध्यक्ष चौधरीले जेसिबी मेसिन प्रयोग गरी करिब ०.४ हेक्टर वन क्षेत्र विनाश तथा अतिक्रमण गरेको डिभिजन वन कार्यालय...

थारुवान/कैलाली

लुम्बिनी प्रदेशका लेखा समितिमा सभापति डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। निमोनिया र सुगरको समस्या देखिएपछि बाँकेस्थित भेरी अस्पतालमा भर्ना भएका प्रदेश सांसद चौधरीलाई त्यहीँ गरिएको पीसीआर परीक्षणका क्रममा सोमबार राति संक्रमण पुष्टि भएको हो।

थारुवान/नेपालगन्ज

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद मेटमणि चौधरीले कर्णाली प्रदेशका मुख्यमन्त्री हटाउन खोज्नु राम्रो नभएको बताएका छन्। लोकतान्त्रिक राज्य व्यवस्थामा यस्तो हुनु सामान्य कुरा भए पनि पार्टी एकीकरणले मूर्त रुप नलिइसकेका बेला यस्तो कार्य गर्नु राम्रो नभएको बताए।

थारुवान/काठमाडौं

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्तावलाई लिएर सुर्खेतका थारु नेताहरु अच्चमित परेका छन्। थारुका पूर्वमाओवादी र पूर्वएमालेका नेताहरुले यो घटनाक्रम हेर्दा पार्टी एकीकरण कागजमा मात्र भएको आरोप लगाए।

थारुवान/काठमाडौं

नेपाली कांग्रेसका सांसद डिल्लीबहादुर चौधरी अस्पताल भर्ना भएका छन्। निमोनिया र सुगरको मात्रा बढेपछि उनी अस्पतालनमा भर्ना भएका हुन्। लुम्बिनी प्रदेश सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका उनी नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत छन्। अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ।

थारुवान/बाँके

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेशको राजधानीका लागि आफू बुटवलको पक्षधर रहे पनि पार्टी अनुशासन कायम राख्न दाङको पक्षमा मतदान गरेको बताएका छन् ।

थारुवान/परासी

कर्णाली प्रदेशमा थारु होमस्टे सञ्चालनमा आएको छ। प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ स्थित पातलगंगा सामुदायिक थारु होमस्टे सञ्चालनमा आएको हो। कर्णाली प्रदेशका उद्योग वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले होमस्टेको शुभारम्भ गरेका थिए।

थारुवान/सुर्खेत

बर्दिया जिल्ला अदालत बार एशोसिएसनको कार्यसमितिमा प्रजातान्त्रिक कानुन व्यवसायीहरुको प्यानल विजयी भएको छ। शनिबार भएको निर्वाचनमा प्रगतिशील प्यानललाई पराजित गर्दै प्रजातान्त्रिक प्यानलबाट १३ सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन्।

थारुवान/बर्दिया