देश

नेकपाको दुवै गुटको छुट्टाछुट्टै भेला, ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड-नेपाल समूहको निर्णय

प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो ।

थारूवान

जनता समाजवादी पार्टीले संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पुस ८ देखि १२ गतेसम्मको आन्दोलन कार्यक्रम घोषणा गरेको हो।

थारूवान

नेपाल आदिवासी जनजाति महासंघले टीकापुर घटनाको सम्बन्धमा उच्च अदालत दिपायलले गरेको फैसलाले मुलुकमा द्वन्द्व बढ्ने निश्चित भएको जनाएको छ।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, आमनिर्वाचनको मितिसमेत तोकिएको छ ।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् । प्रधानमन्त्री ओलीले विहान ९ : ४५ बजे मन्त्रीहरुलाई आकस्मिक बैठकमा उपस्थित हुन भनेका थिए । सो बैठकमा उनले ताजा जनादेशका लागि भन्दै संसद विघटनको प्रस्ताव ल्याए...

थारूवान

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहारको विरोधमा कांग्रेसले साेमबार गर्ने विरोध प्रदर्शनमा शीर्ष नेतालाई जिल्लामा पठाइने भएको छ । देशका मुख्य स्थानमा हुने कार्यक्रममा शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

थारूवान

नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ।

थारुवान/काठमाडौं

प्रदेश २ को लोकसेवा आयोगले पहिलो पटक प्राविधिकतर्फको रिक्त दरबन्दीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी/सातौं तह (प्राविधिक) मा दरखास्त आह्वान गरेको हो ।

थारूवान

नेपाल र भारतका उच्चतम कूटनीतिक अधिकारीहरूले शताब्दीऔँ पुरानो नेपाल-भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो तुल्याउन पारस्परिक विश्वास र सहयोग अभिवृद्धि गर्दै त्यसलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

थारुवान/काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष एसोसियट प्लेयर अफ द डिकेडको मनोनयनमा परेका छन्।

थारुवान/काठमाडौं