विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद‍्को निर्णय

नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद्ले गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो। बढुवा समितिले मंसिर १५ मा पछि थपिएको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो।

विश्वराज उपप्रधानमन्त्री ईश्वर पोखरेलका भाइ नाता पर्छन्। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अतिरिक्त महानिरीक्षक पद थप्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको थियो। तर, सरकारले सो दिर्नेशन बेवास्ता गर्दै पोखरेललाई बढुवा गर्ने निर्णय गरेको छ।

सरकारको सो निर्णयसँगै वैकल्पिक सूचीका पोखरेल भावी प्रहरी महानिरीक्षक हुने भएका छन्। उनी ०४९ चैतमा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी नायव उपरिक्षक हुँदा उनको व्याच (१०१ टोली)मा विश्वराज १८औं बरियतामा थिए। प्रहरी उपरीक्षक बढुवा हुँदा पाँचौ बरियतामा रहेका पोखरेलले प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) हुँदा फड्को हानेर एक नम्बरमा बढुवा भए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *