पारस खड्का दशककै एशोसिएट खेलाडी अवार्डको मनोनयनमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष एसोसियट प्लेयर अफ द डिकेडको मनोनयनमा परेका छन्।

आइसीसीले दशकभर उत्कृष्ट प्रदर्शन गर्नेलाई विभिन्न शीर्षकमा सम्मानित गर्न लागेको हो। स्पिरिट अफ क्रिकेट, आइसिसी एसोसियट क्रिकेटर, आइसिसी महिला एसोसियट क्रिकेटर, महिला क्रिकेटर, पुरुष क्रिकेटर, ओडिआई पुरुष र महिला क्रिकेटर, टेष्ट क्रिकेटरलगायत विधाको मनोनयन सार्वजनिक गरेको छ।

पारससँगै स्कटल्यान्डका काइल कोट्जर, कलुम म्याकलेओड, रिची बेरिंगटन, पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयन सूचिमा छन्। पारस नेपाललाई डिभिजन पाँचदेखि ओडिआई मान्यता सम्म पुर्याउने कप्तान हुन्। त्यस्तै पारसको कप्तानीमा नेपालले पहिलो पटक टि२० विश्वकप २०१४ मा खेलेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *