टीकापुर घटनाबारे बोलेन जसपा, संसद् विघटनविरुद्ध भने राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने

जनता समाजवादी पार्टीले संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पुस ८ देखि १२ गतेसम्मको आन्दोलन कार्यक्रम घोषणा गरेको हो।

पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय भएको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए। जसपाले संसद अझै जीवित रहेको निश्कर्ष निकाल्दै अधिवेशन आह्वान गर्न सभामुखलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।

बैठकपछि पार्टीको संघीय परिषदका अध्यक्ष डा. भट्टराईले संसद अहिले पनि जीवित रहेको निश्कर्षसहित सभामुखलाई बैठक आह्वान गर्न आग्रह गर्ने निर्णय भएको बताए।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *