देश

जसपाले बनायो थरुहट राष्ट्रिय समिति, सुदूरपश्चिममा कमिटी गठन

जनता समाजवादी पार्टी (जसपा) नेपालको थरुहट राष्ट्रिय समिति (सुदूरपश्चिम प्रदेश) गठन गरिएको छ। प्रदेशस्तरीय विस्तारित बैठकले जनक चौधरीको अध्यक्षतामा थरुहट राष्ट्रिय समिति (सुदूरपश्चिम प्रदेश) गठन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

थारूवान

बिना अनुमति उपल्लो मुस्ताङ गएका दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपलिकास्थित छोसेर सशस्त्र प्रहरीको बिओपी क्याम्प नजिकै दुई चिनियाँ नागरिक पक्राउ परेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेतले जानकारी दिए।

थारूवान

सरकारले शिक्षकको परीक्षामा ४९ प्रतिशत पदमा आरक्षण दिने प्रस्ताव गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा खुला प्रतियोगिताबाट पूर्ति गरिने पदमध्ये ४९ प्रतिशतमा आरक्षण दिने प्रस्ताव गरिएको छ ।

थारूवान

सरकारले बिहीबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति सार्वजनिक बिदा दिएको हो। नेम्वाङको मंगलबार विहान हृदयघातका कारण निधन भएको थियो। आजै बसेको मन्त्रिपरिषद्को आकास्मिक बैठकले नेम्वाङको राजकीय सम्मानसहित अन्त्यष्टि गरिने र अन्त्यष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय...

थारूवान

संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ। सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १:३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफलेले बताए। उनको निधनप्रति थारू नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका...

थारूवान

नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका नेता सुरेन्द्र चौधरीले पार्टीका संरक्षक रेशमलाल चौधरीले समाजलाई उत्तेजित पारी व्यक्तिगत फाइदा उठाउन लागेको आरोप लगाएका छन् । शनिवार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै चौधरीले टीकापुर घटनाका निर्दोषको न्यायका लागि लड्ने र संविधानले दिएको समावेशिताको अधिकारका लागि पहल गर्ने उद्देश्यले स्थापना गरिएको पार्टीमा...

थारूवान

विश्वको ठूलो अर्थ व्यवस्था भएका देशहरूको संगठन जी-२० को शिखर सम्मेलनको पहिलो दिनमै ‘नयाँदिल्ली जी-२० लिडर्स’ घोषणापत्रमा सहमति भएको छ । रुस-युक्रेन युद्धको विषयमा मतभेदका कारण घोषणापत्रमा सहमति हुनेबारे आशंका गरिएको थियो । तर, घोषणापत्र स्वीकार गर्न बैठकमा गरिएको प्रस्तावलाई सहभागी सबै सदस्य राष्ट्रले समर्थन गरेका हुन् ।

थारूवान

युक्रेनमा जारी युद्ध र जलवायु परिवर्तनसँग जुध्ने विषयमा देखिएको मतभिन्नताका विषयलाई थप नखोतल्ने र सकेसम्म धेरै कुरामा सहमति जुटाउने विषयमा जी-२० का नेताहरू सहमत भएका छन्। रूसका साथै युक्रेनका केही कट्टर समर्थकहरूलाई एकै ठाउँमा ल्याउने समूहका नेताहरूले विशेष गरी १८ महिना पुरानो आक्रमणबारे धेरै कुरामा सहमत हुन संघर्ष गरिरहेका...

थारूवान

शक्ति राष्ट्रहरू सम्मिलित जी-२० सम्मेलन नयाँ दिल्लीमा सुरू भएको छ। नयाँ दिल्लीस्थित प्रगति मैदानमा सुरू भएको सम्मेलनमा युरोपेली संघसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रहरू सहभागी छन्। सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, जापानी प्रधानमन्त्री फुमियो किसिदा, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस,...

थारूवान

शक्तिशाली राष्ट्रहरूको समूह जी–२० (अबदेखि जी २१) को १८ औं शिखर सम्मेलन भारतको नयाँदिल्लीमा सम्पन्न भएको छ। शनिबार र आइतबार भारतको नयाँदिल्लीस्थित प्रगति मैदानमा आयोजित जी–२० लिडर्स समिट सफलतापूर्वक सम्पन्न भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

थारूवान
1 13 14 15 16 17 48