देश

बादल हाम्रो प्रधानमन्त्रीको उमेदवारः वैद्य

काठमाडौं- नेकपा- माओवादीका अध्यक्ष मोहन वैद्य किरणले काग्रेसहितका दलहरुको नेतृत्व नस्विकार्ने स्पष्ट गर्दै भावी प्रधानमन्त्रीको रुपमा पार्टीका महासचिव रामबहादुर थापा बादलको नाम प्रस्ताव गरेका छन्। रिपोर्टर्स क्लब नेपालले वैद्य निवासमा साक्षात्कारमा उनले यस्तो बताएका हुन्। उनले भने- ‘नयाँ सरकारको नेतृत्व गणतन्त्र, संघीयता र राष्ट्रबादी शक्तिले गर्नु पर्ने भन्दै काग्रेससहितकाको...

थारूवान

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार इन्डोनेसियाको जकार्तामा आयोजन हुन लागेको विपद् जोखिम न्यूनीकरण विषयक पाँचौँ एसियाली मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरे। भोलिदेखि सुरु हुने सो सम्मेलनमा मुख्यतया विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय क्षमता अभिवृद्धिका बारेमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ।

थारूवान

बाँके- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले जनमत नयाँ निर्वाचनको पक्षमा भएकाले संविधानसभाको पुनस्थापना व्यर्थ भएको बताएका छन्।

थारूवान

काठमाडौं- प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा गठित मौजूदा मन्त्रिपरिषद्का श्रम तथा रोजगारमन्त्री कुमार बेल्वासेले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (८) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले सम्हाल्दै आएका श्रम तथा रोजगार मन्त्रालयको कार्यभार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले सम्हाल्ने गरी तोकेका...

थारूवान

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी चैत-वैशाखसम्म नयाँ निर्वाचन हुने बताएका छन्। रिपोर्टर्स क्लबले दसैं तथा तिहारको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री डा भट्टराईले चुनावका निम्ति केही समयभित्रै दलहरूबीच सहमति हुने दाबी गरे। उनले भने, ‘राजनीतिमा केही हुँदैन भन्दा पनि प्रक्रिया अगाडि बढिरहेको हुन्छ, अहिले पनि त्यस्तै भइरहेको छ,...

थारूवान

काठमाडौं- राष्ट्रपति रामवरण यादवले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई अहिलेको राजनीतिक अन्योललाई चिर्दै शीघ्र राजनीतिक निकास निकाल्न पुनः आग्रह गरेका छन्। उनले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग कति दिन, कति महिनासम्म देशलाई अनिर्णयको बन्दी बनाउनुहुन्छ? भनेर प्रश्‍नसमेत गरेका थिए।

थारूवान

काठमाडौं- मन्त्रिपरिषद्को आज बसेको बैठकले ३३ जना सहसचिवमध्येबाट ११ जनालाई सचिव पदमा बढुवा गरेको छ। त्यसैगरी कृषि विकास मन्त्रालयका सचिव डा गणेशराज जोशीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा गरेको छ।

थारूवान

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको समस्याको मूल कारण एनेकपा (माओवादी) भएको बताएका छन्। विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा मदन आश्रित स्मृति प्रतिष्ठान र प्राविधिक शिक्षालयले आज गोठाटारमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताउनुभएको हो।

थारूवान

वीरगन्ज- एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य नागेन्द्र चौधरीले अहिलेको संवैधानिक तथा राजनीतिक सङ्कट हटाउनका लागि नयाँ निर्वाचनको विकल्प नभएको बताएका छन्।

थारूवान

स्याङ्जा- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले वर्तमान सङ्कटका बेलामा अभिभावकीय भूमिकामा रहेका राष्ट्रपतिमाथि टिप्पणी गर्ने अधिकार कामचलाउ प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई नभएको बताएका छन्।

थारूवान