देश

नेपालको राजनीतिक प्रक्रियामा उल्लेख्य प्रगति भएको दाहालको दाबी

काठमाडौं- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको राजनीतिक प्रक्रियामा उल्लेख्य प्रगति भएको बताएका छन्। युरोपेली संसद्को विशेष सत्रलाई हिजो सम्बोधन गर्दै उनले नेपालमा परिवर्तनको प्रवाह तीव्रतररूपमा अगाडि बढेको र त्यसले विश्वमै नयाँ खालको विश्वास पैदा भएको बताए।

थारूवान

काठमाडौं- राष्ट्रपति रामवरण यादवले राजनीतिक दलहरूलाई वर्तमान राजनीतिक सङ्कटको निकास दिनका लागि गरेको आग्रहअनुसार दलहरुले कुनै सहमति नगरी समय सीमा गुज्रेको छ। मुलुकको राजनीतिक तथा संवैधानिक सङ्कट अन्त्यका लागि यही असोज १४ गते प्रमुख ठूला र साना दलका नेताहरूसँगको सामूहिक छलफलमा राष्ट्रपति यादवले असोज महिनाभित्र सहमति जुटाउन आग्रह गरेका थिए। 

थारूवान

विराटनगर- उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले एमाओवादी, नेपाली कांग्रेस र नेकपा (एमाले) ले मुलुकको समस्या समाधान गर्न नसकेकाले अब सरकारको नेतृत्व मधेसी मोर्चाले पाउनुपर्ने दाबी गरेका छन्। 

थारूवान

जनकपुरधाम, असोज २९ – राष्ट्रपति डा रामवरण यादवले कुनै पनि हालतमा संविधान सभाको पुनःस्थापना हुन सक्दैन भनेका छन्। सगोलमा रहेको जग्गा अंशियारको नाममा रजिष्ट्रेशन गराउन आज मालपोत कार्यालय धनुषामा आएका राष्ट्रपति यादवले स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा सो कुरा बताएका हुन्।

थारूवान

भक्तपुर- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले आगामी सरकारको नेतृत्‍व आफ्नो पार्टीले गर्न पाउनुपर्ने बताएका छन्। फोरम लोकतान्त्रिकले भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले ठूला तीन दल कमजोर र अक्षम भएकाले अब सरकारको नेतृत्‍वका लागि आफ्नो पार्टीमात्र सक्षम रहेको दाबी गरे।

थारूवान

काठमाडौं- सरकारले बुधबार दिवङ्गत हुनुभएका जिउँदो सहिदको नामले परिचित वरिष्ठ राजनीतिज्ञ रामहरि शर्माप्रति शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले स्वर्गीय शर्मालाई राज्यको तर्फबाट दिइने अमरत्वका लागि परिवारसँग छलफल गरेर आवश्यक निर्णय लिने पनि निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राजकिशोर...

थारूवान

काठमाडौं- नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले राजनीतिक निकासको लागि गोलमेच सम्मेलन गर्न तयार नभए सडकबाट नयाँ संविधान घोषणा गर्ने चेतावनी दिएका छन्। नेकपा–माओवादीको युवा सङ्गठन राष्ट्रिय जनस्वम्सेवकको प्रथम राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले आफूहरुको प्रस्तावमा ध्यान नदिएमा गोलमेचसभा संविधानको पुनःस्थापना अथवा संविधान सभाको निर्वाचनमा मात्रै सिमित नरहने बताए।

थारूवान

काठमाडौं- एमाओवादीले वर्तमान राजनीतिक सङ्कटको निकासका लागि अन्य राजनीतिक दलहरुसँग वार्ता र संवादलाई निरन्तर अगाडि बढाउने भएको छ। देशमा राजनीतिक सङ्कट गहिरिँदै गएको भन्दै एमाओवादीले राजनीतिक दलहरूका बीचमा वार्ता र छलफललाई तीव्रता दिने निर्णय गरेको हो।

थारूवान

काठमाडौ‌- प्रधानन्यायाधीश खिलराज रेग्मीले सर्वोच्च अदालतको फैसलाविपरीत संविधा नसभा पुनःस्थापना गर्न राजनीतिक दलहरूले गर्दै आएको पहलप्रति न्यायालयको कुनै सरोकार नरहेको बताएका छन्।

थारूवान

काठमाडौं- न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डले न्यायाधीश हुन योग्य सम्भावित व्यक्तिको स्वतन्त्रता तथा समानताको हक हनन हुनाका साथै नागरिकको रोजगारी गर्न पाउने अधिकरबाट समेत वञ्चित गराएकाले सो मापदण्ड अघि नबढाउन माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

थारूवान