आम कार्यकर्ता दुःखी हुँदा नाउपा अध्यक्ष किन खुसी छिन्? ठाकुरसिंह थारूलाई रञ्जिताको कडा जवाफ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र टीकापुर महाधिवेशनबाट महासचिव चुनिएका ठाकुरसिंह थारूबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ। पार्टीको आधिकारिकताबारे श्रीमान श्रीमतीबीच विवाद चलिरहेका बेला सामाजिक सञ्जालमा अध्यक्ष श्रेष्ठ र महासचिव थारूबीच दोहोरी चलेको हो।

महासचिव थारूले रञ्जितालाई सम्बोध गर्दै खुसीको हुनुको राजबारे प्रश्न गरेका थिए। उनले पार्टी विवादले आम कार्यकर्ता बेखुस भइरहेका बेला तपाईँ कसरी खुसी हुन सक्नुभएको भन्दै प्रश्न गरेका थिए। उनले रञ्जिताको तस्बिरसहित सम्बोधन गर्दै भनेका छन्, ‘प्रिय अध्यक्ष रञ्जिताजी। तपाँई जति खुसी हुनुहुन्छ, त्यति खुसी तपाईँको पार्टीका कार्यकर्ता किन छैनन्? तपाईँको मुखमा हाँसो छ तर तपाईँको कर्याकर्ता किन निरास छन्?
थाहा होस। तपाईँको मुस्कानभन्दा नि निरासाले पार्टी उभो लाग्दैन।’

यिनै प्रश्नको जवाफ अध्यक्ष रञ्जिताले कमेन्टमा दिएकी छन्। रञ्जिताले पार्टीमा सबै खुसी भएको बताएकी छन्। पार्टीलाई व्यापार सम्झिनेहरू मात्र बेखुस भएको उनले जवाफ दिएकी छन्। उनले भनेकी छन्, ‘ठाकुर सिंह, तपाईँले मलाई फेसबुकमा प्रश्न गर्नु भयो, उत्तर यसैमा दिन उचित सम्झे। म यसकारण खुसी छु कि नागरिक उनमुक्ति पार्टी अहिले एकदम ठीक लाइनमा छ। पार्टीलाई आफ्नो खल्ती भर्ने व्यापार सम्झिनेहरू मात्र खुसी छैनन्। पार्टी अध्यक्षको हैसियतले भन्छु, हामी सबै पार्टीमा खुसी छौं।’

उनले श्रीमान रेशम चौधरी र पार्टीको कोषाध्यक्षको जिम्मेवारी सम्हालेका सांसद गंगा चौधरीलाई इंगित गर्दै पार्टीलाई व्यापारको अखडा बनाएको बताएकी हुन्। केही समयअघि उनले फेसबुकमार्फत् सांसदको लेबीको विषयमा प्रश्न गरेकी थिइन्। पार्टीको लेबी नबुझाउने सन्दर्भमा उनले भनेकी थिइन्, ‘आफ्नो खल्तीमा सांसरूरु को लेबी आउन्जेल सही पार्टीकै कामको लागि अब लेबीको सही उपयोग हुन लागेपछि लेबी नतिर्ने निर्णय भन्दै
सचिवालयमा पत्र पठाउनु जायज होला र मान्यवर।’

त्यस्तै रञ्जिताले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री अर्को पार्टीलाई बच्नेहरू कहिल्यै खुसी नहुने बताएकी छन्। उनले पति रेशमलाई इंगति गर्दै भनेकी छन्, ‘आफ्नो पार्टीले पाउँदै गरेको मुख्यमन्त्री अर्को पार्टीलाई बेचेर खान नपाउँदा दुखी हुनेहरू कदापी नागरिक उन्मुक्ति पार्टीका होइनन्। गर्वका साथ नागरिक उन्मुक्ति पार्टीको लागि सुप प्रदेशको मुख्यमन्त्री लिएर जाँदा अर्को पार्टीका मान्छेहरूसँग आफ्नो पार्टीलाई बेच्न मोलमोलाई गर्ने व्यापारीहरू दुखी छन् भने हुन दिनुस्।’ पार्टीप्रति नैतिकता छ भने आफ्नो धरातल सम्झन उनले महासचिव थारूलाई आग्रह गरेका छन्।

उक्त फेसबुक पोस्टको कमेन्ट अध्यक्ष रञ्जिताले हटाएकी छन्। यद्यपि दुवै जनातर्फ थुप्रै सबाल जवाफ गरिएको छ। महासचिव थारूले आधिकारिक अध्यक्ष रञ्जिता भएकाले प्रश्न गरेको बताएका छन्। धेरै जनाले अध्यक्ष रञ्जितामाथि प्रश्न गरेका छन्। लु

म्बिनीका भौतिक पूर्वाधार मन्त्री धर्मबहादुर चौधरीका प्रेस सल्लाहकार बनिसकेका शम्भु प्रसाद थारूले अध्यक्ष रञ्जितालाई लुम्बिनी र सुदूरपश्चिममा ठूलो कार्यक्रम गरेर देखाउन चुनौती दिएका छन्। त्यतिबेला हैसियत थाहा हुने उनले उल्लेख गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *