विद्यार्थीहरू सबै पलायन भइसके, किन चाहियो १६ वटा विश्वविद्यालय? : तेजुलाल चौधरी

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले नेपालबाट विद्यार्थी पलायन रोक्नुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले नेपालमा १६ वटा विश्वविद्यालयको कुनै औचित्य नभएको बताए।

उनले भने, ‘हामीसँग उच्च शिक्षा छ, यसका लागि १६ वटा जति विश्वविद्यालय छन्, त्रिविमा मात्रै १ लाख हाराहारी विद्यार्थी छ, अरु विश्वविद्यालयमा विद्यार्थी नै छैन। ती विश्वविद्यालयमा राजनीतिका आधारमा भागबन्डा गर्ने, सोर्स फोर्सका आधारमा विश्वविद्यालय खडा गर्ने प्रवृत्ति छ।’

उनले अगाडि भने, ‘अहिले इन्जिनियर पढ्नका लागि विद्यार्थी भेट्न सकेनौँ, धेरै फ्याकेल्टीहरु कमजोर छन्। धेरै कलेजहरूमा अहिले विद्यार्थी कम छन्। कक्षा १२ को जाँच दिने बित्तिकै हाम्रा विद्यार्थीहरू विदेश पलायन हुन थालेका छन्। अमेरिका भेट्यो भने, त्यसपछि क्यानडा, नभए अस्ट्रेलिया, अन्तिममा जापान छँदै छ, दक्षिण कोरिया छँदै छ। यसरी हाम्रा विद्यार्थीहरू पलायन भइरहेका छन्। विद्यार्थीहरूका लागि स्वदेशमै हामीले केही व्यवस्थापन गर्न सकेका छैनौं।’

काठमाडौंमा मात्रै शिक्षकको दरबन्दी रहेको र अन्य जिल्लामा शिक्षक दरबन्दी कम रहेका कारण दरबन्दी मिलान गर्नका लागि आग्रह गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *