दमक औद्योगिक उद्यानमा भूमाफियाको बिगबिगी

करिब दुई हजार विघा जग्गामा चीन सरकारको सहयोगमा निर्माण सुरु गरिएको दमक औद्योगिक उद्यान (दमक क्लिन इन्डस्ट्रियल पार्क) स्थानीय बासिन्दाहरूको निम्ति पीड़ाको कारक तत्व बन्न पुगेको छ।

जबरजस्ती स्थानीयको जग्गा कब्जा गरिएको घटनालगायत मुआब्जाबाट वञ्चित हुन परेको कैयन समाचारहरू सञ्चारमाध्यममा आएका छन्। पार्क अधिग्रहणका क्रममा ती क्षेत्रका जग्गाधनीले आफ्नो अर्बौं रूपैयाँ मूल‍्य बराबरको जग्गा कौडीको भाउमा दिन नस‌किने भन्दै सरकारी निकायसँग उचित मुआब्जाको माग गर्दा पनि निराश बन्नु परेक अवस्था छ।

झापाको यस्तो कैयन ग्राममध्ये वडा-७, कमल गाउँपालिका सबैभन्दा पीडत क्षेत्रका रूपमा चिनिन आएको छ। नेपाली कांग्रेसका स्थानीय नेतृ एवं समाज सेवक धर्मेन्द्र सेडाईसँग सरकारले ४ बिघा जग्गा हडपेको थियो। तर, उनलाई केवल २.५ विघाको मात्र मुआब्जा प्रदान गरियो। उत्त मुआब्जा रकम पनि अति न्यून मूल्यमा रहेको छ । त्यसैगरी एमालेका पूर्व सदस्य विष्णु निरौलाले पनि सहमतिअनुसार ८ लाखको दरले (प्रति विघा), मुआब्जा रकम पाउन पर्ने भए पनि आजसम्म रकम पाउन सकेका छैनन्।

अर्का स्थानीय दिल्लीराम सिवाकोटीबाट विघाको २ लाख गरी जग्गा हत्याएर विघाको ४० लाखमा विक्री गरेको घटनाले यस क्षेत्रमा भूमाफियाको ठूलै दबदबा रहेको प्रष्ट हुन्छ।

यस्तै घटना बुद्धिप्रसाद सिटौलासँग पनि घटेको छ। उनीबाट २ लाखको दरले जग्गा अधिग्रहण गरेर भूमाफियाले ४० लाखको दरले बेचेको घटना बुझिन आएको छ।

यस्ता कैयन घटनाहरू प्रकाशनमा आउनाले के इंगित गर्छ भने दमक औद्योगिक उद्यान पैसा कमाउनका निम्ति एउटा उद्योग भएर प्रस्तुत भएको छ। यसमा सरकारी निकायका कारिन्दाहरू, राजनीतिक दलका कार्यकता र नेता साथै चीनसँग नजिकको सम्बन्धमा उठबस गर्ने व्यवसायी र ठेकेदारहरूको संलग्नता स्पष्टरूपमा देखिन आएको छ। यिनीहरूको मिली भगतले दमक औद्योगिक उद्यान पार्क भ्रष्टाचारको मुख्य अड्डा बनेको छ।

यहाँ जनता सामन्य मुआब्जाबाट वञ्चित हुन‌का साथै आफ्ना पिता पुर्खाले जोहो गरेको जमिन गुमाउन परेको बाध्यतामा पेरका छन्। पीडित भन्छन्, ‘यिनै घटनाक्रम‌को लाभ उठाउँ‌दै यी ठगहरूले अर्बौं रुपैयाँको भ्रष्टाचार गरिरहेका छन्।

नेपालको आफ्नो उर्वर भूमि दमक औद्योगिक पार्कलाई हस्तान्तरण गरेपछि यसबाट पर्न गएको प्रभावहरू निम्न छन्:
– खेतीयोग्य २ हजार विघा जमिनलाई पार्कमा अनुबन्धन गरी अन्न उब्जनीको एउटा मार्गलाई व्यवधान पुर्‍याउनु।
– बलजफ्ती जग्गा अधिग्रहण गरी साधारण जनतालाई जीवन जीउने हक र अधिकारबाट वञ्चित गराउनु।
– जैविक समाको दोहन गर्नु
– चिनियाँ कामदारहरूको उपस्थितिले दमक क्षेत्रको सामाजिक सांस्कृतिक व्यवस्थामाथि कुठाराघात पुर्‍याउनु।

यी सबै विषयहरू‌को विरोध गर्दै स्थानीय जनताले विभिन्न कार्यक्रमको आयोजना गरे पनि सरकारले कानमा तेल हालेर बसेको अवस्था छ। पीडितले न्यायालयको ढोका ढक्ढक्याउँदा पनि उचित न्याय पाउन सकेका छैनन्।

दमक पार्कको भूमाफिया प्रकरणमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत कैयन स्थानीय नेताहरू संलग्न रहेको स्थानीयहरूले बताउँदै आएका छन्। तीमध्ये युवा संघका गोविन्द थापा, होम थापा, बलबहादुर थापा, रोमनाथ ओली, बेनु सिवाकोटी, मेनुका काफ्ले, देवेन्द्र दाहाललगायत रहेको आरोप स्थानीयको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *