विहारकी २५ वर्षीया शाम्भवी चौधरी बनिन् भारत लोकसभाकी कान्छी सांसद

भारतको ५४३ सदस्यीय लोकसभामा निर्वाचित सदस्यमध्ये २५ वर्षीया शाम्भवी चौधरी कान्छी सांसद बनेकी छन् । मंगलबार सम्पन्न मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएसँगै शम्भवी सबैभन्दा कम उमेरमा सांसद निर्वाचित भएकी हुन् ।

लोक जनशक्ति पार्टीकी २५ वर्षीया उम्मेवार शाम्भवीले कांग्रेसका सन्नी हजारीलाई १ लाख ८७ हजार मतान्तरले पराजित गर्दै केन्द्रीय सांसद बनेकी हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीले शाम्भवीलाई सबैभन्दा कान्छी सांसद भन्दै यसअघि नै उनको प्रशंसा गरिसकेका छन् ।

उनी विहारको समस्तिपुर जिल्लाबाट निर्वाचित भएकी हुन् । २५ वर्ष उमेर समुहकै अन्य तीन सांसद पनि निर्वाचित भएका छन् तर उनी सबैभन्दा कम उमेरकी रहेको एनडिटिभीले जनाएको छ । सन् १९९९ मा जन्मिएकी शाम्भवीका पिता अशोक चौधरी विहारको सत्तारुढ जनता दल युनाइटेका बरिष्ठ नेता हुन् ।

उनी विहार सरकारका प्रभावशाली मन्त्री पनि हुन् । यद्यपी उनी बुबाको भन्दा फरक दलबाट निर्वाचित भएकी छन् । उनका हजुरबुबा महाबीरच चौधरी कांग्रेसका नेता थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *