रेशम चौधरी जापानमा, सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने रञ्जिता पक्षको निर्णय

प्रदेश सरकार गठनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा बुधबार टीकापुरमा बसेको बैठकले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य दामोदर पण्डितले जानकारी दिए। बैठकमा २१ जना संस्थापक केन्द्रीय सदस्यमध्ये १२ जनामात्रै उपस्थित थिए।

केन्द्रीय सदस्य पण्डितले केन्द्रमा तयार भएको नयाँ गठबन्धनअनुसार प्रदेशमा पनि जाने निर्णय भएको बताए। ‘केन्द्रमा जुन गठबन्धनलाई साथ दिएको छौं, प्रदेशमा पनि त्यहीँ गठबन्धनलाई पनि लैजाने निर्णय भएको छ,’ उनले भने।

बाँकी केन्द्रीय सदस्यले बैठक बहिष्कार गरेको बतायएको छ। रेशम लाल चौधरी यतिबेला जापान भ्रमणमा छन्। उनको अनुपस्थितिमा बैठक बोलाएको भन्दै केही केन्द्रीय सदस्यले बैठक बहिष्कार गरेको बताएको छ। उनीहरूले रञ्जिता चौधरीले बोलाएको बैठकको निर्ण नमान्ने बताएका छन्।

बैठकमा सहभागीसमेत रहेका प्रदेश सांसद लक्ष्मणकिशोर चौधरीले आफूले फरक मत राखेको बताए। उनले पार्टी संरक्षक, बहुसंख्यक संस्थापक र सांसदहरूको उपस्थिति बिना बैठक राखेकोमा आपत्ति जनाए। उनले बैठकको निर्णयमा आफूले हस्ताक्षर नगरेको बताए।

त्यस्तै सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहने बताए। अध्यक्ष रञ्जिताको नेतृत्वमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरू सम्मिलित बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपनि चौधरीले आफूहरूको समर्थन कायमै रहने बताए। उनले आज भएको निर्णयबारे आफूहरूलाई जानकारी नभएको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *