नयाँ पार्टी खोल्दै राजेन्द्र महतो

लोसपा त्यागेका राजेन्द्र महतोले नयाँ पार्टी खोल्ने तयारी गरेका छन्। यसका लागि उनले हालै तराई-मधेस, र पहाडी जिल्लाको भ्रमण गरेका थिए। त्यसअघि उनी राजनीतिक संवादका लागि दिल्ली गएका थिए।

बहुल राष्ट्रिय राज्य निर्माणका लागि ‘राष्ट्रिय मुिक्त क्रान्तिको माध्यमबाट’ नयाँ पार्टी खोल्न लागेको महतोले बताए। नेता महतोको समूहले फागुन १४ गते लोपसा त्यागेको थियो।

राष्ट्रिय मुक्ति क्रान्तिका योजनाकार बुद्ध छिरिङ मोक्तानका अनुसार बहुल राष्ट्रिय राज्य स्थापनाका लागि ‘राष्ट्रिय मुक्ति क्रान्ति’को अबधारणापत्र सार्वजनिक गरिएको छ। पार्टी गठनका लागि सामाजिक, सांस्कृतिक र वैचारिक छलफल भइसकेको छ।

मोक्तानले भने, ‘माक्र्सवाद र समाजवादले हाम्रो समस्या समाधान गरेन। त्यसैले हिमाल, पहाड, तराई जोड्न राष्ट्रिय मुक्ति क्रान्तिका लागि स्वदेशवादको नयाँ आवधारणा ल्याएका हौं। यसको आधारमा हाम्रो पार्टी निर्माण हुन्छ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *