किसानलाई समयमै मल उपलब्ध गराउनू, नसके बोर्डर पारिबाट ल्याएको मल जफत नगर्नू : सांसद अरुण चौधरी

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले मुलुकको आर्थिक अवस्था माथि उठने र मुलुकको विकास हुने खालको बजेट ल्याउन सुझाव दिएका छन्। विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा सहभागी हुँदै उनले सबै क्षेत्रलाई उकास्नेगरी बजेट ल्याउन माग गरे।

उनले ६५ प्रतिशत बढी नेपालीहरू कृषिमा निर्भर रहेको भन्दै उचित बजेट विनियोजन गर्न सरकारलाई अनुरोध गरे। उनले धान रोप्ने समय आउन लागेको भन्दै किसानका लागि आवश्यक मल उपलब्ध गराउनसमेत माग गरे।

‘धान रोप्ने बेला आउँदैछ। पोर परारजस्तै किसानहरूलाई मल खाधको समस्या हुन नदिन सरकारले ध्यान दिओस्। बेलैमा मल उपलब्ध गराइयोस्। त्यति पनि गर्न नसके किसानहरूले बोर्डर पारिबाट ल्याएको मल खाध जफत नगरिदिनु,’ उनले भने। उनले किसानहरूले पैसा तिरेरै मल खाध मागेकाले बेलैमा उपलब्ध गराउन सरकारलाई सुझाव दिए।

त्यस्तै सांसद चौधरीले खेलाडीहरूले खेलको माध्यमबाट देशलाई विश्वमा चिनाइरहेको बताए। खेल क्षेत्रको विकास पनि अपरिहार्य रहेको भन्दै उनले अर्थमन्त्रीलाई बजेट विनियोजन गरी खेल क्षेत्रको विकास गर्न सुझाव दिए।

भिडियो:




Leave a Reply

Your email address will not be published. Required fields are marked *