थारू युवा जागरणले विभिन्न क्षेत्रका १७ जना थारू व्यक्तित्वलाई गर्‍यो सम्मान

थारू युवा जागरणले विभिन्न क्षेत्रका थारू व्यक्तित्वहरूलाई सम्मान गरेको छ। शनिबार नील बराहीमा आयोजित वनभोज कार्यक्रममा सो संस्थाले १७ जना थारूहरूलाई सम्मान गरेको हो।

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरी र चम्पन सांस्कृति समूहका अध्यक्ष नन्दुराज चौधरीले उनीहरूलाई सम्मान हस्तान्तरण गरेको सो संस्थाका अध्यक्ष विमल चौधरीले बताए।

उनका अनुसार सम्मानित हुनेमा लोकसेवाबाट सरकारी सेवामा प्रवेश गरेका कैलालीस्थित जानकी गाउँपालिकाका प्रशासकीय अधिकृतसमेत रहेका आशिष चौधरी, रेडियो नेपालका वरिष्ठ प्राविधिक आरसी चौधरी, हालै शाखा अधिकृतमा नाम निकाल्न सफल भएकी किरण चौधरी, नेपाल वायुसेवा निगमका वरिष्ठ प्राविधिक एभियोनिक्स सुरेश चौधरी, प्रहरी नायव निरीक्षक प्रकाश चौधरी र वायुसेवा निगमकै वरिष्ठ प्राविधिक पुरुषोत्तम महतो रहेका छन्।

त्यस्तै कलाकारतर्फ गीतकार/संगीतका विनय वैद्य, विजय चौधरी, नरेश जोगी, प्रतिमा चौधरी र मोडेल सुमिता चौधरी रहेका छन्। त्यस्तै मिडियातर्फ रजनीकान्त जसराज, दिनेश चौधरी र उदय नारायण चौधरी रहेका छन्।

त्यस्तै थारू संस्थाहरूमार्फत् योगदान गर्ने मधुसुदन चौधरी, मनोज चौधरी र अन्तिलाल चौधरीलाई पनि सम्मान गरिएको अध्यक्ष चौधरीले बताए। सो संस्थाले थारू समुदाय केन्द्रित समाजसेवामा सक्रिय हुँदै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *