थारू बाहुल्य रहेको लुम्बिनी प्रदेशको नाम र सीमांकन सच्याउन सीके राउतको माग

सीके राउत नेतृत्वको जनमत पार्टीले थारू समुदायको बाहुल्य रहेको लुम्बिनी प्रदेशको नाम र सीमांकन अस्वीकार गरेको छ। लुम्बिनीमात्रै होइन, कोशी प्रदेशको नाम पनि जनमतले अस्वीकार गरेको हो।

वीरगञ्जमा चैत ३ र ४ गते बसेको जनमतको केन्द्रीय समिति बैठकले ‘कोशी’ र ‘लुम्बिनी’ प्रदेशको नाम अस्वीकार गर्दै पहिचानसहितको नाम राख्नुपर्ने निर्णय गरेको
छ। प्रदेश १ मा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको प्रदेशको सीमांकन तथा नामांकन गर्न आन्दोलनको नेतृत्व गर्ने निर्णयसमेत गरिएको जनमतका सचिव बीपी साहले जानकारी दिए।

उनका अनुसार मधेस-थरूहट आन्दोलनको मर्मबमोजिम लुम्बिनी प्रदेशको सीमांकन तथा नामांकन पनि परिवर्तन गराउन नेतृत्व गर्ने निर्णय पनि गरिएको बताए। ‘प्रदेशहरूलाई अधिकार सम्पन्न र प्रभावकारी बनाउन आवश्यक ऐनकानूनहरू चाँडै निर्माण गराउन दबाब दिने निर्णय पनि गरेका छौं,’ उनले भने। जनमतका सचिव साहले आर्थिक मन्दीका कारण थला परेका उद्योग व्यवसायको समस्या तत्काल समाधान गर्न तथा आगामी वर्ष किसानहरूलाई समयमै मलखाद र बीउबिजन सहज उपलब्ध गराउन सरकारलाई दबाब दिने निर्णय पनि गरिएको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *