कोशी प्रदेशको नामबारे नागरिक उन्मुक्ति पार्टीको ठूलो निर्णय, पहिचानवादी आन्दोलनको समर्थन

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले कोशी प्रदेशको नाम खारेजीको माग गरेको छ। इलाममा शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले पहिचानवादीको आन्दोलनप्रति एक्यवद्धता जनाउँदै कोशी प्रदेशको नाम खारेजी गरी कोकिली नामाकारण गर्न माग गरेको हो।

प्रदेश सरकारले जबर्जस्ती नामाकरण गरेको कोशी नाम खारेजीको माग गर्दै पहिचानको आधारमा नाम झल्काउनेगरी कोचिला, किरात, लिम्बुवान प्रदेश (कोकिली) नामाकरणका लागि पहल गर्ने निर्णय भएको महासचिव ठाकुरसिंह थारूले बताए। कोकिली नामकारणका लागि पहिचानवादी संघसंस्था र राजनीतिक दलसँग संबाद गर्ने निर्णयसमेत सचिवालय बैठकले गरेको थारूले बताए।

त्यस्तै संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचनका विषयमा पार्टीमा छलफल चलाउने, केन्द्रीय महासमिति सदस्य समानुपातिक समावेशी बनाउने र भूमि (जग्गा)मा देखिएको समस्या समाधानका लागि र सहकारीका पीडितलाई राहत दिने तथा कानुन विपरीत कार्य गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउन विज्ञहरूको टोली गठन गर्ने निर्णय भएको महासचिव थारूले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *