नेपालले क्यानडाविरुद्धको शृङ्खला गर्‍यो क्लिन स्वीप

नेपालले क्यानडाविरुद्धको एक दिवसीय शृङ्खला क्लीन स्वीप गरेको छ। अनिल साह र भीम सार्कीको कीर्तिमानी साझेदारीसँगै नेपालले क्यानडाविरुद्धको अन्तिम खेलमा ९ विकेटको शानदार जित हात पारेको हो।

नेपालका लागि अनिल र भीमले शतक प्रहार गरे। ओपनर अनिलले १२४ बलमा १२ चौका र २ छक्कासहित ११२ रनमा अविजित रहे भने १२९ बल खेलेका भीम ११ चौका र १ छक्कासहित १०१ रनमा अविजित रहे।

यसअघि ओपनर कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए। नेपालले पहिलो खेलमा ७ रनको रोमाञ्चक जित हात पारेको थियो भने दोस्रो खेल ४ विकेटले जितेको थियो।

त्यस्तै नेपालले फागुन ३ गतेदेखि आइसीसी लिग २ को खेल खेल्दैछ। नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग आइसीसी लिग २ को खेल खेल्नेछ। त्यसलगत्तै नामिबिया र नेदरल्यान्ड्ससँगै टी-२० सिरिज खेल्नेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *